श्रीनगरमा तैनाथ कन्स्टेबल मोनु साहूको हृदयघातका कारण मृत्यु
मोनू साहू को अंतिम विदाई देते सी तथा पुलिस के जवान


आसनसोल, 27 सेप्टेम्बर (हि.स.)। श्रीनगरमा पोस्ट तैनाथ कन्स्टेबल मोनु साहुको हृदयघातका कारण मृत्यु भयो। दुई दिनअघि ड्युटीमा हुँदा उनको स्वास्थ्य बिग्रिएपछि उनको मृत्यु भएको जानकारी प्राप्त भएको छ । उनको पार्थिव शरीरलाई गए शनिवार राती 12 बजे उनको आसनसोलस्थित पैतृक गाउँ महिशिलामा ल्याइयो। शव गाउँमा पुग्दा परिवारका सदस्य, आफन्त र स्थानीय जनतामा गहिरो शोक फैलियो।

प्राप्त जानकारी अनुसार राति खाना खाएपछि मोनु साहू आफ्ना अन्य साथीहरूसँग सुत्न गएका थिए। बिहान उनी नउठ्रदा साथीहरूले उनलाई जगाउने प्रयास गरे। त्यसपछि उनलाई अस्पताल लगियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरिदिए। बीएसएएफका एसआई आनन्द कर्मकारले बताए, डाक्टरहरू अनुसार उनको मृत्युको कारण हृदयघात हो।

मोनु साहुको निधनको खबर पाएपछि आसनसोल दक्षिणकी विधायक तथा मन्त्री अग्निमित्रा पालले शोकाकुल परिवारप्रति गहिरो संवेदना व्यक्त गरेकी छन्। उनले आफ्ना कार्यकर्ताहरूलाई शोकाकुल परिवारसित भेट गर्न पठाइन्। यस दुःखको घडीमा सबै सम्भव सहयोग गर्ने अनि परिवारको साथमा उभिने आश्वासन मन्त्रीले दिइन्।

यस सन्दर्भमा अनुप च्याटर्जीले बताए, मन्त्री अग्निमित्रा पालले मोनु साहूको परिवारप्रति गहिरो संवेदना व्यक्त गरेकी छन्। उनले भने, यस कठिन समयमा मन्त्रीको पक्षबाट परिवारलाई हरसम्भव सहयोग गरिनेछ।

मोनु साहूको पार्थिव शरीर महिशिलास्थित उनको पैतृक घरमा आइपुगेको खबर आएपछि ठूलो सङ्ख्यामा स्थानीयहरू अन्तिम दर्शन गर्न आइपुगे। एकजना जवानको आकस्मिक मृत्युले सम्पूर्ण क्षेत्रमा शोकको वातावरण छ। परिवार शोकको अवस्थामा छ। स्थानीयहरूले रसाएको आँखाले मोनु साहूलाई अन्तिम श्रद्धाञ्जली दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande