
कोलकाता, 27 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले विशेष गहन पुनरीक्षण (एसआईआर.) को परिप्रेक्ष्यमा तृणमूल कङ्ग्रेस (टीएमसी) अनि सीपीआई (एम.) माथि कडा प्रहार गरेका छन्। आइतवार बिहान राज्य भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले हालैको चुनाउमा जनताले दिएको स्पष्ट जनादेशलाई खारेज गर्ने उद्देश्यले विपक्षीले सुनियोजित रूपमा भ्रम र दुष्प्रचार गरिरहेको आरोप लगाए।
मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारको पक्षमा उभिँदै उनले भने, एसआईआर र चुनाउ आयोगको कार्यप्रणालीमाथि जसरी प्रश्न उठाउइरहेको छ, वास्तवमा त्यो सम्पूर्ण चुनाउ प्रणालीप्रति जनताको विश्वास घटाउने सुनियोजित षड़यन्त्र हो।
मुख्यमन्त्रीले स्पष्ट पारे, एसआईआरसँग सम्बन्धित निर्णय मुख्य चुनाउ आयुक्तले एक्लै लिएका होइनन् जबकि यो चुनाउ आयोगको सर्वसम्मत निर्णय थियो। यस प्रक्रियामा सर्वोच्च अदालतको हस्तक्षेपलाई उद्धृत गर्दै उनले भने, पश्चिम बङ्गालमा एसआईआर प्रक्रियाको विभिन्न चरणमा न्यायिक अधिकारीहरूको माध्यमबाट र्सुनुवाई अनि निर्णय लिइएको हो।
टीएमसीमाथि प्रहार गर्दै उनले भने, जुन पार्टी आफै यस मामिलालाई लिएर सर्वोच्च अदालतमा गएको थियो, आज उसैले न्यायिक प्रक्रियामाथि प्रश्न उठाइरहेको छ। 27 लाख नामहरूलाई लिएर भइरहेको विवादमा उनले स्पष्ट पारे, यस प्रक्रियामा न्यायिक अधिकारीहरूको प्रमुख भूमिका रहेको थियो जसको नियुक्ति अदालतको निर्देशनमा भएको थियो। त्यसैले सम्पूर्ण दोष निर्वाचन आयोग वा भाजपामाथि लगाउनु पूर्णतया गलत हो।
टीएमसी र वामपन्थीको दोहोरो मापदण्ड लाई उजागार गर्दै, शुभेन्दु अधिकारीले चुनौती दिए, यदि एसआईआर साँच्चै प्रजातन्त्र विरोधी छ भने केरलामा विपक्षीहरूले यसको विरुद्ध किन आन्दोलन गर्दैनन्। उनले प्रश्न उठाए, केरलामा राजनीतिक समीकरण फरक भएकाले एसआईआर. सही भए तापनि बङ्गाल र बिहारमा यो कसरी गलत भयो?
उनले टीएमसी र सीपीआई (एम) को बढ्दो राजनीतिक गठजोड़माथि पनि कटाक्ष गरे। मुख्यमन्त्रीले भने, जुन टीएमसीको जन्म नै वामपन्थी शासनविरुद्ध लड्दा भएको थियो आज उ नै विधानसभादेखि लिएर सड़कसम्मै माकपाको पक्षमा उभिएको देखिँदैछ। उनले हालैमा विधानसभामा भएको एक मतदानलाई उल्लेख गरे जहाँ टीएमसीको एउटा गुट र सीपीआई (एम) का एकमात्र विधायकले एउटै पक्षमा मतदान गरे।
मुख्यमन्त्रीले यो पनि आरोप लगाए, एसआईआरलाई मचाएको बबाल वास्तवमा भ्रष्टाचारदेखि जनताको ध्यान अन्यत्र मोड़्ने एउटा षड्यन्त्र हो। उनले भने, आवास योजना, सामाजिक सुरक्षा, भर्ती घोटाला, कोइला-बालुवा र गाईवस्तु तस्करी जस्ता मामिलाहरूमा चलिरहेको अनुसन्धान र कानुनी कारबाहीबाट विपक्षीहरू विचलित भएका छन्।
रामपुरमा हालैमा आयोजित ममता ब्नयार्जीको सभाको उल्लेख गर्दै उनले दाबी गरे, त्यहाँ मानिसहरूको नगण्य उपस्थितिले यस आन्दोलनको सत्यता उजागर गरेको छ। टीएमसीको नाम र चुनाउ चिन्हमा हालै भएको परिवर्तन र पार्टी विभाजन (ममता एआईटीसी) तिर औंल्याउँदै उनले भने, विपक्षीको राजनीतिक स्थिति आम जनताको अगाडि पूर्ण रूपमा स्पष्ट भइसकेको छ।
अन्तमा मुख्यमन्त्रीले भने, निर्वाचन आयोगमाथि आक्रमण गर्ने अनि जनादेशको अपमान गर्ने यो राजनीति लामो समयसम्म टिक्ने छैन, किनभने बङ्गालका जनताले सबै कुरा हेरिरहेका छन् र बुझिरहेका छन्।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा