पश्चिम बङ्गालका जनताले भोट दिएर हामीलाई बचाएः शुभेन्दु
सभ को संबोधित करते सीएम


कोलकाता, 27 सेप्टेम्बर (हि.स.) । पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले गए शनिवार राती कोलकाताको राष्ट्रिय पुस्तकालयमा आयोजित राम-शरद कोठारी प्रतिभा सम्मान समारोहमा राज्यको राजनीतिक वातावरण, चुनाउपछिको अवस्था, संस्कृति र परम्पराको पुनर्स्थापना तथा सरकारको प्राथमिकताहरूबारे विस्तृत रूपमा आफ्नो कुरा राखे। उनले भने, पश्चिम बङ्गालका जनताले यस पटक भाजपालाई भोट दिएर उनलाई र लाखौं पार्टी कार्यकर्ताहरूलाई बचाए, अन्यथा वर्ष 2021 पछि जस्तो परिस्थिति थियो, त्योभन्दा पनि अझ खस्किन सक्थ्यो।

मुख्यमन्त्रीले ज्ञानेश कुमारको नेतृत्वमा निर्वाचन आयोगले शान्तिपूर्ण र सहज रूपमा निर्वाचन प्रक्रिया सम्पन्न गरेकोले लोकतान्त्रिक प्रणालीमा जनताको माग पूरा भएको बताए। उनका अनुसार चुनाउपछि जुन प्रकारको हिंसा हुने डर थियो त्यस्तो यसपटक देखिएन। उनले बङ्गालको राजनीतिमा हिंसाको संस्कृतिलाई अन्त्य गर्नु र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउनु नै भाजपाको उद्देश्य रहेको बताए।

शुभेन्दु अधिकारीले आफ्नो सम्बोधनमा भने, यदि आज राजनीतिक परिस्थिति परिवर्तन नभएको भने उनले आफ्नो परिवारको सुरक्षाका लागि पनि गम्भीर तयारी गर्नुपर्थ्यो। उनका बुवाको उमेर 90 वर्ष र आमाको उमेर 80 वर्षभन्दा बढी रहेको उनले बताए। त्यसबेला उनले स्वयं पनि सङ्घर्ष गर्न र आवश्यक परेमा जेल जाने समेत तयारी गरेका थिए। उनले प्रतिकूल परिस्थितिमा आफ्ना वृद्ध आमा-बुवालाई ओडिशा पठाउने तयारी पनि गरेका थिए।

उनले समयसँगसँगै कुराहरू परिवर्तन भएको र पश्चिम बङ्गालका जनताले उनलाई बचाएको बताए। तर, सत्तामा आएपछि छोटो समयमा धेरै काम शुरु भए पनि धेरै काम बाँकी रहेको पनि उनले बताए। उनका अनुसार पश्चिम बङ्गाल धार्मिक आस्थाको भूमि मात्र होइन, देशको महत्त्वपूर्ण सांस्कृतिक र आध्यात्मिक भूमि हो र राज्यको हराएको संस्कृति र परम्परालाई पुनर्जीवित गर्न सबैले मिलेर काम गर्नुपर्छ।

कार्यक्रममा राम र शरद कोठारीको बलिदानको उल्लेख गर्दै मुख्यमन्त्रीले अयोध्याको राम मन्दिर आन्दोलनमा दुई दाज्यु-भाइको बलिदान पनि बङ्गालको इतिहाससँग जोडिएको बताए। उनले नयाँ पुस्तालाई बङ्गालको सांस्कृतिक सम्पदा, अनन्त परम्परा र ऐतिहासिक विरासतसँग जोड्न आवश्यक रहेको बताए। उनले कोठारी दाज्यु-भाइको सम्झनामा राज्यमा सड़कको नामकरण गर्ने र विश्वविद्यालय र कलेजहरूमा उनीहरूको नाममा पुरस्कार स्थापना गर्ने जस्ता पहलहरूमाथि विचार गर्ने कुरा जानकारी दिए।

मुख्यमन्त्रीले विकाससँगसँगै राज्यको सांस्कृतिक सम्पदाको संरक्षणमा पनि सरकारले ध्यान केन्द्रित गरिरहेको अवगत गराउँदै उनले तारापीठ, तारकेश्वर र मदनमोहनजीलाई जोड्ने प्रस्तावित 2,000 करोड रुपियाँको तिर्थ यात्रा सर्किटको उल्लेख गरे। विकास आवश्यक भए तापनि बङ्गालको सम्पदाको संरक्षण पनि उतिकै आवश्यक रहेको उनले थपे।

उनले महिला सुरक्षा र राष्ट्रिय सुरक्षाका सन्दर्भमा सरकारको प्राथमिकताहरूलाई सूचीबद्ध गरे। सीमा सुरक्षाका लागि बीएसएफलाई जग्गा उपलब्ध गराउनेलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले महिला सुरक्षाका लागि कड़ा कानुन बनाउन सरकारले गरेको प्रयासको पनि उल्लेख गरे।

आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले गाई संरक्षणको मुद्दा समेत उठाए। गौशालाको सङ्ख्या बढाउन अपील गर्दै उनले यस दिशामा राज्य सरकारले पूर्ण सहयोग गर्ने बताए। पुरुलिया, कोलकाता र खडगपुरमा स-साना गौशालाहरू स़ञ्चालन भइरहेका छन्। अन्य स्थानहरूमा पनि स्तै व्यवस्था विकास गर्ने जानकारी मुख्यमन्त्रीले दिए।

शुभेन्दु अधिकारीले पश्चिम बङ्गालमा पछिल्लो लामो समयदेखिकै व्याप्त राजनीतिक संस्कृतिलाई परिवर्तन गर्न समय लाग्ने, तर सरकारले यस दिशामा काम गरिरहेको बताए। प्रत्येक कामलाई राजनीतिक चश्माले हेर्नको सट्टा जनताको हितमा प्रशासन र विकासलाई अगाडि बढाउने सरकारको प्रयास रहेको उनले बताए। बङ्गालको संस्कृति, परम्परा, सुरक्षा र विकासलाई अगाडि बढाउनु सरकारको प्राथमिकता रहेको उनले बताए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande