
कोलकाता, 27 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालमा आइतवार केही जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। अलिपुर मौसम विभाग अनुसार राज्यका अधिकांश भागहरूमा बादल लाग्नको साथै कतिपय स्थानहरूमा मेघ गर्जनसितै पानी पर्नसक्छ। पछिल्ला दिनहरूको तुलनामा दक्षिण बङ्गालमा वर्षाको तीव्रता कम भए पनि वातावरणमा नमी अधिक रहनाले आद्रताजन्यसमस्या हुनसक्छ।
दक्षिण बङ्गालको कोलकाता, हावड़ा, हुगली, उत्तर एवं दक्षिण 24 परगना, पूर्व एवं पश्चिम मेदिनीपुर, बाँकुड़ा, पुरुलिया सहित केही जिल्लाहरूमा कतै-कतै वर्षा हुने अनुमान छ भने कतिपय क्षेत्रहरूमा बिजुली चम्किने, पानी पर्ने अनुमान छ।
उत्तर बङ्गालमा वर्षाको प्रभाव अपेक्षाकृत अधिक रहने सम्भावना छ। दार्जीलिङ, कालेबुङ र अलिपुरद्वारको पहाड़ी एवं वरपरका क्षेत्रहरूमा घना वर्षा हुनसक्छ।पहाड़ी क्षेत्रहरूमा लगातार वर्षाको कारणले स्थानीय स्तरमा सतर्कता अप्नाउने सल्लाह दिइएको छ।
कोलकाता तथा यस वरिपरीका क्षेत्रहरूमा अधिकतम तापमान लगभग 33 डिग्री सेल्सियस तथा न्यूनतम तापमान लगभग 26 डिग्री सेल्सियस रहने अनुमान छ। अधिक आद्रताको कारणले दिउँसो च्याप-च्याप्ती गर्मी महसूस हुनसक्छ।
यसबीच समुद्रको स्थिति खराब रहने अनि तीव्र हावा चल्ने सम्भावनालाई मध्यनजर गर्दै मछुआराहरूलाई समुद्रमा नजाने सल्लाह दिइएको छ। समुद्रमा रहेका मछुआराहरूलाई पनि सुरक्षित फर्किने सल्लाह दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा