सड़क दुर्घटनामा युवकको मृत्यु, दुई जना घाइते
सड़क दुर्घटनामा युवकको मृत्यु, दुई जना घाइते


सिलगढ़ी, 27 सेप्टेम्बर (हि.स.)। सिलगढ़ीको तिलक साधु मोड़ क्षेत्रमा गए शनिवार राती भएको सडक दुर्घटनामा एकजना युवाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटना त्यसबेला भएको हो जतिबेला आशिघरतिरबाट आइरहेको स्कुटि अचानक अनियन्त्रित भएर सड़क किनारमा बत्तीको खम्बासित ठोक्कियो।

ठक्करको प्रभाव यति गम्भीर थियो कि एकजना युवकको घटनास्थलमै मृत्यु भयो। सबै युवकहरू मझाबाड़ी क्षेत्रका बासिन्दा हुन्। स्कुटी सवार अन्य दुई युवकहरू गम्भीर रूपमा घाइते भएका छन्। घटनाको सूचना स्थानीयहरूले पुलिसलाई दिए। सूचना पाएपछि आशिघर चौकीको पुलिस घटनास्थलमा पुग्यो अनि मृतक र दुई घाइतेहरूलाई उद्धार गरी सिलगढ़ी जिल्ला अस्पतालमा पुऱ्यायो।

पुलिस अनुसार मृतक र घाइतेहरूको पहिचान हुन सकेको छैन। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande