
जलपाईगुडी, 27 सेप्टेम्बर (हि.स.)। जिल्लाको राजगञ्ज ब्लकको फाटापुकुर होल्डिङ सेन्टरबाट एकजना रोहिङ्ग्या युवक पर्खाल चढेर भागेको घटनाले त्यस क्षेत्रमा आतङ्क सिर्जना गरेको छ।
भनिन्छ, आइतवार शौचालय जाने बहानामा बाहिर निस्किएका युवकले सुरक्षा व्यवस्थालाई छक्र्याएर केन्द्रको पर्खाल नाघेर भाग्यो। पछि, स्निफर डगको सहयोगमा गरिएको खोजी अभियानको क्रममा युवकलाई लगभग एक किलोमिटर टाढा रहेको चिया बगानबाट पक्राउ गरियो। पक्रा परेको युवकलाई म्यानमारको बासिन्दा मोहम्मद सलामको रूपमा पहिचान गरिएको छ।
प्राप्त जानकारी अनुसार गत 20 सेप्टेम्बरको दिन न्यू जलपाईगुडी क्षेत्रबाट चार जना मानिसहरूलाई हिरासतमा लिइएको थियो। त्यसपछि उनीहरूलाई फाटापुकुर होल्डिङ सेन्टरमा राखिएको थियो। आइतवार सुलेमान शौचालय जान आग्रह गरेर बाहिर निस्कियो अनि कथित रूपमा सुरक्षा व्चवस्थालाई चकमा दिएर पर्खालमाथिबाट उफ्रेर भाग्यो। घटनाको जानकारी पाएपछि सम्भावित मार्गहरूमा खोजी अभियान शुरु गरियो। स्निफर डगको सहयोगमा पनि खोजतलास गरियो। लामो खोजीपछि उसलाई पानीकौरी मोड़ नजिकैको चिया बगानबाट पक्राउ गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा