
मोरीगाउँ (असम), २८ सेप्टेम्बर (हि.स.)। असमको लाहरीघाटमा ब्रह्मपुत्र नदीमा यात्रु बोकेको एउटा डुङ्गा डुब्दा हङ्गामा मच्चिएको छ। दुर्घटनापछि चार जना यात्रु बेपत्ता भएको बताइएको छ भने केही यात्रुलाई सुरक्षित उद्धार गरिएको छ।
प्रारम्भिक जानकारीअनुसार, डुङ्गामा बालबालिका र महिलासहित कुल ११ जना यात्रु सवार थिए। डुङ्गा नदीमा डुबेपछि घटनास्थलमा हलचल मच्चियो। बेपत्ता यात्रुहरूको खोजीका लागि उद्धार अभियान सञ्चालन भइरहेको छ।
दुर्घटनाको कारण र बेपत्ता यात्रुहरूको अवस्थाबारे हाल विस्तृत जानकारी आउन बॉंकी रहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी