आज ब्याङ्क खुल्ला रहने, ब्याङ्क युनियनको तीनदिने देशव्यापी हडताल स्थगित
बैंक के लोगो का प्रतीकात्मक चित्र


नयाँ दिल्ली, २८ सेप्टेम्बर (हि.स.)। सार्वजनिक क्षेत्रका ब्याङ्कका अधिकारी तथा कर्मचारीका युनियनले भारतीय ब्याङ्क संघसँग भएको वार्तापछि प्रस्तावित तीनदिने देशव्यापी हडताल स्थगित गरेका छन्। हडताल स्थगित भएपछि सोमबार ब्याङ्कहरू खुल्ला रहने र नियमित रूपमा कामकाज सञ्चालन हुने भएको छ।

युनाइटेड फोरम अफ ब्याङ्क युनियनले सोमबारदेखि तीनदिने हडतालको आह्वान गरेको थियो। ब्याङ्कहरूको अर्धवार्षिक लेखा बन्द हुने समयमा हडताल प्रस्ताव गरिएको थियो। ब्याङ्क युनियनका प्रमुख मागमध्ये सातामा पाँच दिन मात्र काम गर्ने व्यवस्था लागू गर्नुपर्ने माग पनि रहेको छ।

आधिकारिक स्रोतका अनुसार, आइतबार राति भारतीय ब्याङ्क संघसँग भएको वार्तामा ब्याङ्क युनियनलाई उनीहरूका मागबारे आश्वासन दिइएको थियो। त्यसपछि हडताल स्थगित गर्ने निर्णय गरिएको हो।

युनाइटेड फोरम अफ ब्याङ्क युनियनले जारी गरेको विज्ञप्तिमा बाँकी शनिबारलाई बिदा दिने विषयमा छलफल गर्न भारतीय ब्याङ्क संघ र युनाइटेड फोरम अफ ब्याङ्क युनियनको उच्चस्तरीय समिति तत्काल गठन गरिने बताइएको छ। समितिले सबै सम्भावित विकल्पमाथि विचार गर्नेछ र सम्बन्धित सबै पक्षसँग छलफल गरेपछि सरोकारवाला, विशेषगरी ग्राहकलाई स्वीकार्य हुने समाधान खोज्नेछ।

ब्याङ्क युनियनले हडताल स्थगित भएकाले सोमबार ब्याङ्कहरू खुल्ला रहने र नियमित ब्याङ्किङ सेवा सञ्चालन हुने जनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande