उपराष्ट्रपति, प्रधानमन्त्रीले भगत सिंहलाई उनको जयन्तीमा श्रद्धाञ्जलि अर्पण गरे
प्रतीकात्मक


नयाँ दिल्ली, २८ सेप्टेम्बर (हि.स.)। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय गृहमन्त्री अमित शाह सहित विभिन्न नेताहरूले सोमवार शहीद भगत सिंहको जयन्तीका अवसरमा श्रद्धाञ्जली अर्पण गरेका छन्।

उपराष्ट्रपति राधाकृष्णनले भगत सिंहलाई निडर क्रान्तिकारी भन्दै भारतको स्वतन्त्रताका लागि उनले अदम्य साहस र दृढ़ संकल्पका साथ सर्वोच्च बलिदान दिएको बताए। उनले भगत सिंहको देशभक्ति र अदम्य भावना पुस्तौँसम्म प्रेरणाको स्रोत बनिरहने उल्लेख गरे।

प्रधानमन्त्री मोदीले भगत सिंहले आफ्नो साहस र वीरताबाट स्वतन्त्रता आन्दोलनमा नयाँ ऊर्जा सञ्चार गरेको बताए। देशको सम्मानका लागि सबै कुरा त्याग गर्ने उनको भावना भारतीय युवाको साहस र संकल्पको प्रतीक रहेको उनले उल्लेख गरे।

गृहमन्त्री अमित शाहले भगत सिंहले समाज र राष्ट्रका लागि संघर्ष गर्न उमेर वा सीमाले बाधा नपार्ने प्रमाणित गरेको बताए। उनले ब्रिटिस शासनलाई चुनौती दिनुका साथै भाषा र क्षेत्रका आधारमा विभाजित युवालाई एकजुट गरी स्वतन्त्रताको भावना जगाएको उल्लेख गरे।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले भगत सिंहले ब्रिटिस शासन विरुद्ध संघर्ष गर्नुका साथै आफ्नो लेखनी र विचार मार्फत सामाजिक असमानता तथा समाज विभाजन गर्ने शक्ति विरुद्ध आवाज उठाएको बताए।

केन्द्रीय कृषिमन्त्री शिवराज सिंह चौहान र संसदीय मामिला मन्त्री किरेन रिजिजूले पनि भगत सिंहको साहस, देशभक्ति र बलिदानले भावी पुस्तालाई राष्ट्रसेवाका लागि प्रेरित गरिरहने बताएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande