
नयाँ दिल्ली, २८ सेप्टेम्बर (हि.स.)। निर्वाचन आयोगको कार्यप्रणालीलाई लिएर जारी राजनीतिक विवादबीच भारतीय जनता पार्टी (भाजपा) का पूर्व राष्ट्रिय अध्यक्ष तथा केन्द्रिय मन्त्री जेपी नड्डाले कांग्रेस र विपक्षी गठबन्धनमाथि चर्को हमला गरेका छन्। उनले कांग्रेस र विपक्षी दलहरू देशको विकास यात्राबाट निःराश रहेको तथा उनीहरूसँग न स्पष्ट नीति छ, न त भविष्यको ठोस योजना नै रहेको आरोप लगाए। यही कारण विपक्षले देशमा भ्रम र अस्थिरताको माहोल बनाउने प्रयास गरिरहेको उनको आरोप छ।
सोमवार आफ्नै निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै जेपी नड्डाले १४० करोड़ देशवासीको प्रयासबाट भारत विकसित राष्ट्र बन्ने लक्ष्यतर्फ अगाड़ी बढ़िरहेको र विश्वस्तरमा देशको प्रभाव बढ़िरहेको बताए। उनी अनुसार, कांग्रेस र विपक्षी गठबन्धनलाई देशको यो प्रगति मन परिरहेको छैन।
नड्डाले केही दिनअघि पनि कथित रूपमा मनगढ़न्ते समाचारलाई लिएर देशभरि हंगामा गरिएको आरोप लगाए। अहिले निर्वाचन आयोगले आरोपहरूबारे स्पष्टीकरण दिइसकेको भए पनि विपक्षले वातावरण बिगार्ने प्रयास गरिरहेको उनले बताए। निर्वाचन आयोगले हालै विशेष गहन पुनरीक्षण (एसआईआर) लगायत उसका निर्णयहरू पूर्ण आयोगको सर्वसम्मत निर्णय रहेको तथा आयोगले संवैधानिक र कानूनी प्रावधानअनुसार काम गर्ने बताएको छ।
विपक्षको राजनीतिमाथि प्रश्न उठाउँदै जेपी नड्डाले विपक्षले हरेक दिन नयाँ आरोप लगाउने गरेको आरोप लगाए। यसबाट देशमा भ्रमको माहोल सिर्जना हुने र विकास कार्यमा बाधा पुर्याउने प्रयास हुने उनले बताए। विपक्षको यस्तो कार्यशैलीमा राष्ट्रिय सुरक्षा, जनकल्याण र देशको मान–सम्मानजस्ता विषयलाई पर्याप्त महत्त्व नदिइएको उनको आरोप छ।
भाजपा नेताले विपक्षको उद्देश्य जनताको सेवा गर्नु नभई सत्ता प्राप्त गर्नु रहेको पनि आरोप लगाए। उनले विपक्षी दलहरूमाथि परिवारवादको राजनीतिलाई बढ़ीवा दिएको र निजी स्वार्थ पूरा गर्न खोजेको आरोप लगाए।
नड्डाले देशका जनताले यसअघि पनि अस्थिरता सिर्जना गर्ने प्रयासको जवाफ दिइसकेको र आगामी दिनमा पनि यस्ता प्रयासलाई विफल पार्ने बताए।
उल्लेखनीय छ, निर्वाचन आयोगले आफ्नोतर्फबाट एसआईआरका क्रममा योग्य मतदाताको नाम गलत रूपमा हट्न नदिन निर्धारित प्रक्रियाहरू लागू गरिएको जनाएको छ। यसमा मतदातालाई सूचना दिने, घर–घरमा सत्यापन गर्ने, दाबी–आपत्ति दर्ता गराउने तथा अपीलको व्यवस्था समावेश छ।
हिन्दुस्थान समाचार / भवानी थामी