मणिपुरमा केवाईकेएलका एक कार्यकर्ता र गाँजासहित एक तस्कर पक्राउ
मणिपुर पुलिस द्वारा जारी गिरफ्तार उग्रवादी एवं गांज तस्कर की तस्वीर


इम्फाल, २८ सेप्टेम्बर (हि.स.)। मणिपुर पुलिसले लगातार अभियान सञ्चालन गर्दै उग्रवादीहरूलाई पक्राउ गर्नुका साथै लागुऔषध बरामद गर्ने कार्यलाई तीव्रता दिएको छ। यसै क्रममा उग्रवादी संगठन केवाईकेएलका एक कार्यकर्ता पक्राउ परेका छन् भने गाँजासहित एक तस्करलाई पुलिसले पक्राउ गरेको छ।

मणिपुर पुलिस मुख्यालयबाट सोमबार प्राप्त जानकारीअनुसार, आइतबार पोरोमपट पुलिस थाना क्षेत्रअन्तर्गत खुराई लैशराम लिकाईमा खोजी अभियान सञ्चालन गरिएको थियो। यस क्रममा इम्फाल पूर्वी जिल्लाको सीडीओ टोलीले उग्रवादी संगठन केवाईकेएलका सक्रिय सदस्य तथा खुराई लैशराम लिकाई, इम्फाल पूर्वी निवासी काङ्गबम रोशन सिंह उर्फ कोरोउ (२२) लाई पक्राउ गरेको हो।

यसैबीच, आइतबार नै नेब पुलिस टोलीले इम्फाल पश्चिमको नर्थ एओसी क्षेत्रबाट महाराष्ट्रको ठाणे निवासी ओमप्रकाश आनन्द सुर्वणा (४९) लाई लगभग ३.५ किलो गाँजासहित पक्राउ गरेको छ।

पुलिसले दुवै घटनामा छुट्टाछुट्टै प्राथमिकी दर्ता गरी थप कानुनी कारबाही अघि बढाएको जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande