
गुवाहाटी, 29 सेप्टेम्बर (हि.स.)। असमका मन्त्री बिमल बोराले मङ्गलवार नगाउँ लोकसभा उपचुनाउको लागि भाजपा उम्मेद्वार देवाशिष शर्माको समर्थनमा जुरिया क्षेत्रका विभिन्न गाउँहरूमा प्रचार अभियान सञ्चालन गरे। यस अवधि उनले धेरै वटा नामघरहरूमा पुगेर स्थानीय मानिसहरूसित भेट गरी भाजपा उम्मेद्वारको पक्षमा समर्थन अनि आशीर्वाद मागे।
बोराले जुरियाका केही गाउँहरूका नामघरहरूमा पुगेर स्थानीय मानिसहरूसँग कुराकानी गरे अनि चुुनाउलाई लिएर पार्टीको पक्षमा प्रचार गरे। उनले मानिसहरूलाई देवाशिष शर्माको पक्षमा मतदान गर्न अपील गरे।
प्रचार अभियानको क्रममा मन्त्रीले त्यस क्षेत्रका शङ्करी कला- संस्कृतिका साधक बाबायन प्रेमेश्वर सैकियालाई पनि भेटे। बोराले उनलाई कलाकार पेन्शन सुविधा उपलब्ध गराउनको लागि आवश्यक कदम उठाउने आश्वासन दिए।
नगाउँ लोकसभा सीट कङ्ग्रेस सांसद प्रद्युत बोरदलैले राजीनामा दिएपछि खाली भएको थियो। यस सीटको लागि आगामी 6 अक्टोबरमा मतदान र 9 अक्टोबरमा गणना भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा