मातङ्गिनी हाजराको पुण्यतिथिमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले श्रद्धाञ्जली अर्पण गरे
मुख्यमंत्री ने दी मातंगिनी हाजरा को श्रद्धांजलि


कोलकाता, 29 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले मङ्गलवार स्वतन्त्रता सेनानी एवं वीराङ्गना मातङ्गिनी हाजरालाई उनको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरे। सोशल मिडिया पोस्टमा मुख्यमन्त्रीले भने, गान्धी बुढ़ी, शहीद वीराङ्गना मातङ्गिनी हाजराको आत्मबलिदान दिवसमा सश्रद्धा प्रणाम।

मातङ्गिनी हाजरालाई 'गान्धी बुढ़ी'-को नामले चिनिन्थ्यो। उनको जन्म 19 अक्टोबर, 1870- मा तत्कालीन मेदिनीपुर जिल्लाको तामलुक क्षेत्रको होगला गाउँमा भएको थियो। उनी स्वतन्त्रता आन्दोलनमा सक्रिय रूपमा संलग्न भइन् अनि ब्रिटिश शासनको विरोधमा धेरै वटा आन्दोलनहरूमा भाग लिइन्।

29 सेप्टेम्बर, 1942-को भारत छोड़ आन्दोलनको क्रममा तमलुकमा निकालिएको जुलूसमा मातङ्गिनी हाजरा पनि सामेल भएकी थिइन्। यसै अवधि पुलिसको गोली लागेर उनी शहीद भइन्। गोली लागेपछि पनि उनले राष्ट्रिय झण्डालाई समातेर राखिन् अनि देशभक्तिको नारा लगाउन छोड़िन।

मातङ्गिनी हाजराको बलिदानले बङ्गालको स्वतन्त्रता सङ्घर्षको इतिहासमा महत्त्वपूर्ण स्थान ओगटेको छ। उनको स्मृतिमा तामलुक सहित विभिन्न स्थानहरूमा मूर्ति निर्माण गरिएको छ भने उनको नाममा शैक्षिक संस्था र सड़कहरूको नामाकरण गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande