
फतेहाबाद, 29 सेप्टेम्बर (हि.स.)। पुलिसले मङ्गलवार दिउँसो शहरको पश हुडा सेक्टरमा रहेको क्रिस्टल स्पा सेन्टरमा छापा माऱ्यो। डीएसपी जगदीश काजलाको नेतृत्वमा गरिएको यस कारबाहीमा चार जना युवक अनि चार जना युवतीलाई घटनास्थलबाट कब्जामा लिइएको छ। पुलिसले जाँचबुझ गर्नको लागि सबै आठ जनालाई पुलिस स्टेशनमा लिएर गएको छ स्पा सेन्टरका प्रबन्धकलाई पनि हिरासतमा लिइएको छ।
प्राप्त जानकारी अनुसार पुलिसलाई पछिल्लो केही समयदेखिको गुप्त सूचना प्राप्त भइरहेको थियो कि हुडा सेक्टरमा रहेको क्रिस्टल स्पा सेन्टरको आड़मा अनैतिक गतिविधि भइरहेको छ। सूचनालाई गम्भीर रूपमा लिएर डीएसपी जगदीश काजलाको नेतृत्वमा पुलिसको टीमले अपरान्ह स्पा सेन्टरमा अचानक छापामारी गऱ्यो। पुलिसको यो सरप्राइज रेडले स्पा सेन्टरमा खैलाबैला मचायो। यस अवधि स्पा सेन्टरका मालिक घटनास्र्थलमा उपस्थित थिएनन्।
पुलिसले सेन्टरका विभिन्न भागहरूमा गहन खानतलासी गऱ्यो। त्यहाँ भेटिएका चार जोड़ी अर्थात आठ जना मानिसहरूलाई प्रारम्भिक जाँचबुझको लागि हिरासतमा लिइयो। पुलिसले अब केन्द्रका प्रबन्धकलाई सोधपुछ गर्नका साथै स्पा सेन्टरसँग सम्बन्धित लाइसेन्स, रेजिस्ट्रेशन तथा अन्य दस्तावेजहरूको जाँच गरिरहेको छ।
मामिलाको विवरण दिँदै डीएसपीले भने, एक गुप्त सूचनाको आधारमा कारबाही गरिएको हो। घटनास्थलबाट चार जोड़ीलाई जाँचबुझको लागि पुलिस स्टेशनमा ल्याइएको छ। प्रबन्धक र हिरासतमा लिइएका व्यक्तिहरूसित सोधपुछ भइरहेको छ। अनुसन्धान र कागज-पत्रहरूको जाँच पूरा भएपछि नियमअनुसार थप कानूनी कारबाही गरिने उनले बताए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा