२९० करोड रुपियाँको ब्याङ्क ठगी प्रकरणमा ईडीद्वारा कोलकाताका ११ स्थानमा छापा
प्रवर्तन निदेशालय (ईडी)


नयाँ दिल्ली, 0३ सेप्टेम्बर (हि.स.)। प्रवर्तन निर्देशनालय (ईडी) ले कोहिनूर पावर प्राइभेट लिमिटेडसँग सम्बन्धित २९० करोड रुपियाँको ब्याङ्क ठगी प्रकरणमा कोलकाताका ११ स्थानमा छापा मारेको छ। छापाको दायरामा कम्पनीका प्रवर्तक प्रशान्त बोथरा र विजय बोथरा सहित समूहका अन्य निर्देशक तथा लेखापरीक्षक (अडिटर) का परिसरहरू परेका छन्।

ईडीका अनुसार, कोहिनूर पावर प्राइभेट लिमिटेडले झारखण्डमा ६६ मेगावाट क्षमताको विद्युत् परियोजनाका लागि विभिन्न ब्याङ्कहरूबाट ऋण लिएको थियो। आरोपअनुसार, उक्त ऋण रकम समूहका अन्य कम्पनीहरू तथा व्यक्तिगत प्रयोजनका लागि अन्यत्र स्थानान्तरण गरिएको थियो। पछि कम्पनी राष्ट्रिय कम्पनी विधि न्यायाधिकरण (एनसीएलटी) मा पुगेको थियो र परिसमापन प्रक्रियामा ब्याङ्कहरूले करिब ७ करोड रुपीयाँ मात्र फिर्ता पाएका थिए, जसका कारण ऋणदाताहरूलाई ठूलो आर्थिक क्षति पुगेको थियो।

ईडीका अनुसार, कोलकाता क्षेत्रीय कार्यालयद्वारा सञ्चालित हालको खोजतलास अभियानअन्तर्गत समूहका प्रवर्तक प्रशान्त बोथरा र विजय बोथराका साथै अन्य निर्देशक तथा अडिटरहरूसँग सम्बन्धित स्थानहरूको पनि जाँच भइरहेको छ। यसमा सम्बन्धित कार्यालय परिसरहरू समेत समावेश छन्।

एजेन्सीले ब्याङ्क ठगी प्रकरणमा ऋण रकमको कथित दुरुपयोग तथा त्यसको वित्तीय प्रवाहसँग सम्बन्धित तथ्यहरूको अनुसन्धानका लागि यो कारबाही गरिरहेको जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande