जादवपुरमा भित्तामा लेखिएका 'विवादित' नाराहरूलाई मेटाइयो
जादवपुरमा भित्तामा लेखिएका 'विवादित' नाराहरूलाई मेटाइयो


कोलकाता, 03 सेप्टेम्बर (हि.स.)। जादवपुर विश्वविद्यालयका भित्ताहरूमा लेखिएका 'विवादित' नाराहरलाई लिएर बिहीवार विश्वविद्यालय परिसरको माहोल तनाउपूर्ण भयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले चेताउनी दिएपछि जादवपुर विश्वविद्यालय परिसरका विवादित औ 'देश-विरोधी' नाराहरूलाई मेटाउने कार्य पछिल्लो शनिवारदेखि शुरू गरिएको हो। भित्ते लेखनलाई मेटाउने पहिलो चरणपछि कार्ल मार्क्सको उक्तिलाई फेरि सेतो प्लास्तरमा लेखियो। तथा गत मङ्गलवार त्यसलाई पनि सेतो रङ्ग लगाएर मेटाइएको थियो।

बिहीवार विश्वविद्यालय परिसरका भित्ताहरूमा फेरि अङ्ग्रेजीमा लेखिएको थियो- 'जसले हिटलरको जस्तो षड़यन्त्र गर्छ, उसको हिटलरको जस्तै मृत्यु हुनेछ।' यो पनि लेखिएको थियो- 'मुसोलिनीलाई दियौं स्वतन्त्रता, आरएसएसलाई दिनेछौं स्वतन्त्रता।'

हालैमा मुख्यमन्त्री र भाजपाले सिकायत गरेका थिए, 'किशनजी जिन्दाबाद', 'फ्री फिलिस्तीन' जस्ता नाराहरू देश-विरोधी हुन्। यस्तो नारा कुनै पनि शैक्षिक संस्थानमा सही होइन। त्यसैले त्यसलाई हटाइएको थियो। तथापि जादवपुर विश्वविद्यालय परिसरबाट हटाइएको भित्तामा फेरि लेखिएको थियो। कसैले कार्ल मार्क्सको उक्ति लेखेको थियो। तथापि यो कसले लेखेको हो भन्ने कुरा थाहा पाउन सकिएन। पछि त्यसलाई पनि मेटाइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande