देवर-भाउज्युको गलफन्दामा झुण्डिरहेको शव भेटियो
देवर-भाउज्युको गलफन्दामा झुण्डिरहेको शव भेटियो


नदिया, 03 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालको नदिया जिल्लास्थित शान्तिपुर थाना क्षेत्रमा बिहीवार बिहान एउटा आँपको बगैचामा युवक र युवतीको गलफन्दामा झुण्डिरहेको शव भेटिएको घटनाले क्षेत्रमा कोकोहोलो मचिएको छ। मृतकहरूको पहिचान दीपक सरदार (19) र उसकी भाउज्यु सुमिता सरदार (18)- को रूपमा भएको छ।

स्थानीय मानिसहरू अनुसार शान्तिपुरको गोविन्दपुर मैदानपाड़ा क्षेत्रस्थित एउटा आँपको बगैचामा दुवैको शव झुण्डिरहेको देखियो। सूचना पाएर शान्तिपुर थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवहरूलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम ग्रनको लागि रानाघाट महकुमा अस्पतालमा पठाइदियो। स्थानीय सूत्र मुताविक सुमिताका पति रक्षी सरदार कामको सिलसिलामा अन्य राज्यमा काम गर्छन्।

भनिन्छ, सुमिता र उसको देवर (मामाको छोरा) दीपकमाझ प्रेम सम्बन्ध थियो। यसअघि दुवैले घरबाट भाग्ने सल्लाह गरेको पनि खुलासा भएको छ। तथापि यस सम्बन्धमा पुलिसको पक्षबाट कुनै आधिकारिक पुष्टि गरिएको छैन।

रक्षी सरदार गत सोमवार मात्र अन्य राज्यबाट घरमा फर्केका थिए। उनले बताए, परिवारमा कुनै पनि प्रकारको विवाद भएको थिएन। बिहीवार बिहान उनले पत्नी र भाइले आत्महत्या गरेको सूचना प्राप्त भयो।

घटनाको खबर फैलिनसाथ आँप बगैचामा स्थानीय मानिसहरूको भीड़ थुप्रियो। पुलिसले जाँच शुरू गरेको छ। परिवारजनसित जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande