
बडगाम, ३० सेप्टेम्बर (हि.स.)। जम्मू-कश्मीरको बडगाम जिल्लाको गुरवटकालन क्षेत्रमा मङ्गलबार-बुधबार राति सुरक्षाबल र आतङ्कीबीच भएको मुठभेड़मा लश्कर-ए-तैयबाका एक आतङ्की मारिएका छन्। उसको पहिचान सुलेमान शाह उर्फ मूसाका रूपमा गरिएको छ।
एक वरिष्ठ पुलिस अधिकारीका अनुसार, क्षेत्रमा आतङ्कीहरू रहेको सूचना पाएपछि सुरक्षाबलले संयुक्त अभियान शुरु गरेको थियो। अभियानका क्रममा सुरक्षाबलले एक आतङ्कीलाई मार्न सफल भएको हो। घटनास्थललाई घेराबन्दी गरिएको छ भने थप सुरक्षाबल पनि त्यहाँ पठाइएको छ।
यद्यपि कश्मीरको चिनार कोरले मारिएका आतङ्कीको पहिचान सार्वजनिक गरेको छैन। पुलिस अधिकारीहरूले भने उनको पहिचान सुलेमान शाह उर्फ मूसा रहेको बताएका छन्।
सेनाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै अन्य सुरक्षाबलसँग मिलेर मध्य कश्मीरको कोराग, युसमर्गको सामान्य क्षेत्रमा अभियान शुरु गरिएको जनाएको छ। सतर्क सुरक्षाकर्मीहरूले शङ्कास्पद गतिविधि देखेपछि चुनौती दिएका थिए। त्यसपछि आतङ्कीहरूले गोली चलाएपछि दुवै पक्षबीच भीषण गोली हानाहान भएको थियो। घटनामा एक आतङ्की मारिएका छन्।
अधिकारीहरूका अनुसार, अभियानका क्रममा दूधपथरीको दुर्गम जङ्गली क्षेत्रमा मूसा मारिएका हुन्।
अधिकारीहरूले मूसा पीर पञ्जाल पर्वतशृङ्खलाको दुवैतर्फ भएका कैयौँ आतङ्की हमलामा संलग्न रहेको बताएका छन्। यसै महिनाको शुरुवातमा युसमर्गका पहाडी क्षेत्रमा भएको भिडन्ड़बाट उनी उम्किएका थिए। उनका निकट सहयोगी यासिर भने ५ सेप्टेम्बरमा भएको उक्त भिडन्ड़मा मारिएका थिए।
अधिकारीहरूले मूसा मारिनुलाई जम्मू-कश्मीरमा लश्कर-ए-तैयबाका लागि ठूलो क्षति भएको बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी