अरब सागरमा ३ हजार करोड़ रुपियाँभन्दा बढ़ीको लागुऔषध जफत, पाँच पाकिस्तानी नागरिक पक्राउ
अरब सागर में ATS और कोस्ट गार्ड का संयुक्त ऑपरेशन


नयाँ दिल्ली, ३० सेप्टेम्बर (हि.स.)। अरब सागरमा लक्षद्वीप नजिक भारतीय तटरक्षक बल र गुजरात एटीएसले संयुक्त अभियान चलाएर ठूलो परिमाणमा लागुऔषध जफत गरेको छ। कारबाहीका क्रममा शङ्कास्पद इरानी डुङ्गाबाट लगभग ५२६ किलोग्राम हेरोइन तथा मेथाम्फेटामाइन जफत गरिएको छ। जफत लागुऔषधको अनुमानित बजार मूल्य ३ हजार करोड़ रुपियाँभन्दा बढ़ी रहेको बताइएको छ। डुङ्गामा सवार पाँच पाकिस्तानी नागरिकलाई पनि पक्राउ गरिएको छ।

भारतीय तटरक्षक बल अनुसार, गुजरात एटीएस तथा केन्द्रिय खुफिया निकायसँगको समन्वयमा प्राप्त गोप्य सूचनाका आधारमा संयुक्त अभियान सञ्चालन गरियो। तटरक्षक बलका एकाइहरूले लक्षद्वीपको पश्चिममा अरब सागरमा एउटा शङ्कास्पद इरानी डुङ्गालाई रोके। डुङ्गाको पहिचान गरी निरन्तर निगरानी तथा पछ्याएपछि तटरक्षक बलका जवानहरूले डुङ्गामा चढ़ेर खोजी गरे। त्यस क्रममा ५२६ किलोग्राम हेरोइन तथा मेथाम्फेटामाइन जफत गरियो, जसको मूल्य ३ हजार करोड़ रुपियाँभन्दा बढ़ी रहेको बताइएको छ। साथै डुङ्गामा सवार पाँच पाकिस्तानी चालक दलका सदस्यलाई पनि पक्राउ गरिएको छ। पक्रा परेका व्यक्तिहरू तथा डुङ्गालाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि मुम्बई ल्याइएको छ।

अनुसन्धान एजेन्सीहरूले उक्त लागुऔषधको खेप समुद्री मार्ग हुँदै लक्षद्वीप भएर मुम्बई पुर्याउने योजना रहेको आशङ्का गरेका छन्। संयुक्त कारबाही मार्फत उक्त खेप गन्तव्यमा पुग्नुअघि नै नियन्त्रणमा लिइएको हो।

हाल अनुसन्धान एजेन्सीहरूले लागुऔषधको खेप कहाँबाट आएको थियो, कसलाई बुझाउने तयारी गरिएको थियो र यसको पछाड़ी कुन अन्तरराष्ट्रिय सञ्जाल सक्रिय थियो भन्नेबारे अनुसन्धान गरिरहेका छन्। समुद्री मार्गबाट हुने लागुऔषध तस्करीसँग सम्बन्धित अन्य सम्भावित व्यक्ति तथा सञ्जालबारे पनि अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा थप कारबाही गरिने जनाइएको छ।

/ बिशाल


 rajesh pande