




नयाँ दिल्ली, ३० सेप्टेम्बर (हि.स.)। मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया तथा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई पदबाट हटाउने मागलाई लिएर विपक्षी दलहरूको गठबन्धनको बैठकअघि मध्य दिल्लीमा विपक्षी नेताहरूलाई लक्षित गर्दै पोस्टर टाँसिएपछि विपक्षी दलहरूले भाजपाको आलोचना गर्दै यसलाई राजनीतिक आक्रमण बताएका छन्।
बुधवार मध्य दिल्लीमा टाँसिएका यी पोस्टरमा कांग्रेस नेता राहुल गान्धी, आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाल सहित अखिलेश यादव, ममता ब्यानर्जी, उद्धव ठाकरे, तेजस्वी यादव, एमके स्टालिन लगायत नेताहरूका तस्बिर राखेर उनीहरूमाथि व्यङ्ग्य गरिएको छ।
कांग्रेस सांसद मणिक्कम टैगोरले सामाजिक सञ्जाल एक्स मार्फत प्रतिक्रिया दिँदै अमित शाहमाथि व्यङ्ग्य गरेका छन्। उनले आफ्नो पोस्टमा अमित शाहले कहिल्यै साहसी बन्न नसिक्ने र यस्ता कदमहरू जारी राख्ने बताएका छन्।
बैठकमा एसआईआर प्रक्रिया, निर्वाचन आयोगभित्र देखिएको कथित मतभेद तथा मुख्य निर्वाचन आयुक्तलाई पदबाट हटाउने मागबारे आगामी रणनीति तय हुने सम्भावना छ। सूत्र अनुसार, लोकसभा र राज्यसभामा ज्ञानेश कुमारलाई पदबाट हटाउन प्रस्ताव ल्याउने मस्यौदाबारे पनि छलफल हुनसक्छ।
उल्लेखनीय छ, एक दिनअघि कांग्रेस कार्य समिति (सीडब्ल्यूसी)ले मुख्य निर्वाचन आयुक्तलाई पदबाट हटाउने माग दोहोर्याएको थियो। कांग्रेसले एसआईआर प्रक्रिया तत्काल रोक्न तथा मतदाता सूचीबाट हटाइएका १३ करोड़ ३० लाख नाम पुनःस्थापित गर्न पनि माग गरेको थियो। पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय गृहमन्त्री अमित शाहमाथि पनि चर्को प्रहार गरेको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी