नेपालको बाढी प्रभावित क्षेत्र पुग्यो सिक्किमको राहत टोली
राहत टोली


गान्तोक, 04 सेप्टेम्बर (हि.स.)। सिक्किमबाट राहत सामग्री लिएर गएको राहत टोली नेपालको बाढी प्रभावित क्षेत्रमा पुगेको छ। टोली बागमती प्रदेशको नुवाकोटस्थित बिदुर नगरपालिका १ मा स्थापित बेस क्याम्पमा पुगेको जानकारी प्राप्त भएको छ।

टोलीले लगेको औषधी, खाद्यान्न तथा लत्ता कपडामध्ये केही सामग्री बिदुरमा राखेको र बाँकी राहत सामग्री भोलि रसुवा पुर्याउने जानकारी गराइएको छ। टोलीलाई नेपाल सरकार तथा स्थानीय प्रशासनबाट आवश्यक सहयोग प्राप्त भइरहेको बताइएको छ।

टोलीका केही सदस्य रसुवातर्फ प्रस्थान गरेका छन् भने बाँकी सदस्यहरू पनि भोलि त्यसतर्फ जाने तयारीमा रहेको जनाइएको छ। सिक्किम फर नेपाल अभियान अन्तर्गत नेपाल तर्फ गएको टोलीले बाढी प्रभावित परिवारलाई आवश्यक राहत सामग्री वितरण गर्नुका साथै उद्धार तथा मानवीय सहयोगमा समेत योगदान पुर्‍याउनेछ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande