
कोलकाता, 04 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालका स्कूले विद्यार्थीहरूको लागि शिक्षा व्यवस्थामा डिजिटल बदलाउ ल्याउने दिशाामा एक महत्वपूर्ण पहल गर्ने तयारी गरिँदैछ। राज्य सरकार केन्द्र सरकारको सहयोगमा विद्यार्थीहरूको शैक्षणिक पहिचानलाई डिजिटल स्वरूप दिने दिशामा अगाड़ि बढ़िरहेको छ। प्रस्तावित व्यवस्था अन्तर्गत विद्यार्थीहरूको लागि अपार आईडी (अटोमेटेड परमानेन्ट अकादमिक अकाउन्ट रजिस्ट्री) तयार गरिनेछ जसको माध्यमबाट उनीहरूको सम्पूर्ण शैक्षणिक जीवनसित जोड़िेका महत्वपूर्ण दस्तावेज औ रेकर्डलाई एउटै डिजिटल पहिचानसित जोड़्नसक्छ।
व्यवस्था लागू भएपछि प्रत्येक विद्यार्थीलाई 12 अङ्कको एक विशिष्ट पहिचान सङ्ख्या प्राप्त हुने बताइएको छ। अपारलाई विद्यार्थीहरूको स्थायी डिजिटल शैक्षणिक पहिचानको रूपमा विकसित गरिँदैछ।
अपार आईडीको माध्यमबाट विद्यार्थीहरूको अङ्कपत्र, प्रमाणपत्र, डिग्री, डिप्लोमा र अन्य शैक्षणिक उपलब्धिहरूसित सम्बन्धित दस्तावेजलाई डिजिटल रूपमा एउटै स्थानमा उपलब्ध गराउन सकिन्छ। यसबाट विद्यार्थीहरूले आफ्नो शैक्षणिक दस्तावेजहरूलाई बारम्बार भौतिक रूपमा सम्हाल्ने तथा विभिन्न संस्थानहरूमा प्रस्तुत गर्ने आवश्कता कम हुने आशा छ।
यस डिजिटल व्यवस्थालाई डिजिलकर औ अकादमिक ब्याङ्क अफ क्रेडिट्स जस्तो प्रणालीसित जोड़्ने योजना छ। यसबाट भविष्यमा उच्च शिक्षामा प्रवेश, एउटा संस्थानदेखि अर्को संस्थानमा स्थानान्तरण तथा शैक्षणिक दस्तावेजहरूको सत्यापनको प्रक्रिया अधिक सुविधाजनक हुनसक्छ।
अपार आईडीलाई स्कूल स्तरसम्म मात्र सीमित राखिनेछैन। विद्यार्थीहरूको अग्रिम पढ़ाईसित सम्बन्धित रेकर्डलाई पनि यस डिजिटल पहिचानसित जोड़िनसक्छ। उच्च शिक्षामा प्रवेश गर्दा दस्तावेजहरूको सत्यापनदेखि लिएर भविष्यमा रोजगारसित सम्बन्धित आवश्यकताहरूसम्म यसको उपयोग हुने सम्भावना छ।
डिजिटल रेकर्ड उपलब्ध भएपछि विद्यार्थीहरूलाई प्रमाणपत्र र अन्य दस्तावेजहरूको प्रति बोकेर अलग-अलग संस्थानहरू धाइरहने समस्या कम हुनसक्छ। साथै शैक्षणिक रेकर्डको व्यवस्थित डिजिटल संरक्षणबाट दस्तावेजहरूको रखरखाउ र सत्यापनको प्रक्रिया पनि सहज हुने आशा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा