
कोलकाता, 04 सेप्टेम्बर (हि.स.)। श्रीकृष्ण जन्माष्टमीको अवसरमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रदेशवासीहरूलाई हार्दिक शुभकामना दिए। उनले सोशल मीडियाको माध्यमबाट भगवान श्रीकृष्णप्रति श्रद्धा व्यक्त गर्दै सबैको सुख, शान्ति र समृद्धिको कामना गरे।
मुख्यमन्त्री शुभेन्दु अधिकारीले आफ्नो सन्देशमा भने, अधर्मको विनाश र धर्मको स्थापनाको लागि भगवान श्रीकृष्ण यस धरतीमा अवतरित भएका थिए। उनले भने, भगवान श्रीकृष्णको प्रेम अनि श्रीमद्भगवद्गीताको ज्ञानबाट सबैको जीवन आलोकित होस्।
मुख्यमन्त्री शुभेन्दु अधिकारीले लोकनाथ जयन्तीको अवसरमा पनि प्रदेशवासीहरूलाई शुभकामना एवं बधाई दिए। उनले सबैको सुख, शान्ति र मङ्गलमय जीवनको कामना गर्दै लोकनाथ जयन्तीको शुभकामना प्रेषित गरे।
क्याबिनेट मन्त्री अग्निमित्रा पालले पनि जन्माष्टमीको अवसरमा प्रदेशवासीहरूलाई शुभकामना दिइन्। उनले भनिन्, भगवान श्रीकृष्णको प्रेम, ज्ञान, न्याय औ धर्मको सन्देशबाट सबैलाई सत्य र सदाचारको मार्गमा हिंड़्ने प्रेरणा मिलोस्। उनले कामना गरिन्, भगवान श्रीकृष्णको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि औ मङ्गलको वास होस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा