सिलमपुरमा पार्किङ्ग विवाद, महिला सहित चार जना घाइते
सिलमपुरमा पार्किङ्ग विवाद, महिला सहित चार जना घाइते


नयाँ दिल्ली, 04 सेप्टेम्बर (हि.स.)। उत्तर-पूर्वी दिल्लीको सिलमपुर क्षेत्रमा सामान्य विवाद अन्ततः हिंसक झड़पमा परिणत भयो। जे- ब्लकमा घर मुनि स्कुटी राखेकोलाई लिएर दुई छिमेकीमाझ शुरूमा विवाद भयो। यो विवाद बढ़्दै गएर कुटपिट तथा चक्कुबाजीसम्म पुग्यो। यस घटनामा एकजना महिला सहित चार जना मानिसहरू घाइते भएका छन्।

पुलिस अनुसार गए अबेर राती जे-ब्लक निवासी दिलशाद र आमिरको परिवार आपस्तमा बहस गर्न थाले। हेर्दा-हेर्दै बहसले हिंसक रूप लियो। दुवै पक्ष आपस्तमा भिड़्न थाले। यस अवधि चक्कुबाजी पनि भयो। हमलामा एक पक्षका दिलशाद र उनकी पत्नी घाइते भए भने अर्को पक्षका आमिर र उसको भाइ चोटिल भए।

घटनाको सूचना पाउनसाथ सिलमपुर थानाको पुलिस घटनास्थलमा पुग्यो। सबै घाइतेहरूलाई तत्कालै जीटीबी अस्पतालमा भर्ती गरियो। डाक्टरहरूले प्राथमिक उपचार गरेपछि चारै जनालाई छुट्टि दिइयो।

पुलिसले दुवै पक्षको सिकायतको आधारमा सम्बन्धिर धाराहरू अन्तर्गत भिन्न-भिन्न मुद्दा दर्ता गराएको छ। घटनाको वास्तविक कारण र चक्कुबाजीको शुरूआत कसले गऱ्यो, यसबारे पत्तो लगाउनको लागि पुलिसले घटनास्थल अनि वरपरका सीसीटीभीको फुटेज जाँच गरिरहेको छ। मामिलामा अग्रिम कानूनी कारबाही गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande