फरक्का निकट रेल सेवा बाधित, परिवहन विभागले अतिरिक्त बसहरूलाई सड़कमा उताऱ्यो
फरक्का निकट रेल सेवा बाधित, परिवहन विभागले अतिरिक्त बसहरूलाई सड़कमा उताऱ्यो


कोलकाता, 4 सेप्टेम्बर (हि.स.)। फरक्काको छेउमा रेलको ट्र्याक मुनि माटो धस्किएको कारणले कोलकाता, मालदह र सिलगढ़ीबीच रेल सेवा बाधित भएको घटनालाी मध्यनजर गर्दै यात्रीहरूको सुविधाको लागि परिवहन विभागले आपत आधारमा केही कदम उठाएको छ। परिवहन मन्त्रीको पहलमा यात्रीहरूको अतिरिक्त भीड़लाई नियन्त्रण गर्नको लागि महत्वपूर्ण मार्गहरूमा अतिरिक्त बस सेवाहरू शुरू गरिएको छ।

कोलकातादेखि सिलगढ़ी मार्गमा शुक्रवार 23 वटा अतिरिक्त बसहरूलाई चलाइँदैछ। यस अतिरिक्त एक नियमित बस सेवाको विस्तार मालदहदेखि सिलगढ़ीसम्म गरिएको छ। गए बिहीवार राती पनि कोलकातादेखि सिलगढ़ीसम्मको लागि 6 वटा अतिरिक्त बसहरूलाई सञ्चालनमा ल्याइएको छ।

सिलगढ़ीदेखि कोलकाता मार्गमा 18 वटा बसहरू चलिरहेका छन् जसमा 12 वटा अतिरिक्त बसहरू सामेल छन्। दुर्गापुरदेखि बालुरघाट मार्गमा दुई वटा अतिरिक्त बस तथा कोलकातादेखि बालुरघाट मार्गमा पनि दुई वटा अतिरिक्त बस सेवा सञ्चालन गरिँदैछ।

उत्तर बङ्गाल जाने यात्रीहरूको सुविधाको लागि कोलकाताको न्यू एस्प्लेनेड बस टर्मिनसदेखि सिलगढ़ीको एनजीपी बस टर्मिनससम्म विशेष साँझको बस सेवा पनि शुरू गरिएको छ। यी विशेष बसहरू साँझ 5:30, 6:30, 7:30, राती 8:30, 9:00 औ 9:30 बजे प्रस्थान हुनेछ।

यात्रीहरूको माग र परिस्थितिलाई ध्यानमा राखेर आवश्यकता परे अतिरिक्त बस चलाउनको लागि उत्तर बङ्गाल राज्य परिवहन निगम तथा दक्षिण बङ्गाल राज्य परिवहन निगमका प्रबन्ध निदेशकलाई निर्देश दिइएको छ।

यसको साथै सम्बन्धित जिल्लाधिकारीहरूलाई निजी बस सञ्चालकहरूसित समन्वय गरेर यो सुनिश्चित गर्ने निर्देश दिइएको छ कि यात्रीहरूबाट कुनै पनि स्थितिमा अनुचित रूपमा अधिक भाड़ा लिइनेछैन। आवश्यकता परे यात्री परिवहनको क्षमता बढ़ाउनको लागि निजी बसहरूलाई पनि आपत आधारमा अधिग्रहित गर्न सकिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande