
जलपाईगुड़ी, 04 सेप्टेम्बर (हि. स.)। राजगञ्ज ब्लकको बेलाकोबा स्थित स्टेशन कलोनी क्षेत्रमा गए बिहिवार अबेर राति एउटा घरमा अचानक भयानक आगो लाग्यो जसले गर्दा क्षेत्रमा कोकोहोलो मचियो। यस अग्निकाण्डमा मिठाई व्यापारी जगदीश पालको घर जलेर पूर्ण रूपले खरानीमा परिणत भयो। तथापि यस घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको सूचना प्राप्त भएको छैन।
स्थानीय सूत्र अनुसार, बिहिवार अबेर राति जगदीश पालको घरमा अचानक आगो लाग्यो। प्रारम्भिक रूपमा आगलागीको कारण शर्ट सर्किट रहेको बताइएको छ। हेर्दा-ह्रे्दै आगोले घरका केही भागहरूलाी आफ्नो चपेटमा लियो। स्थानीय मानिसहरू तत्कालै घटनास्थलमा पुगे अनि आगोलाई निभाउनमा जुटे। भनिन्छ, लगभग एक घण्टासम्म स्थानीय मानिसहरूको प्रयासले आगोलाई केही हदसम्म नियन्त्रणित गऱ्यो।
यसबीच दमकलका वाहनहरू घटनास्थलमा आइपुगे। दमकल कथित रूपमा ढिलो गरी पुगेको कारणले स्थानीय मानिसहरूमा व्यापक असन्तुष्टि देखियो। दमकल कर्मीहरूलाई घेरेर विरोध प्रदर्शन गर्न थाले। पछि बेलाकोबा पुलिस चौकीको पुलिसले घटनास्थलमा पगेर स्थितिलाई नियन्त्रण गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा