
कोलकाता, 04 सेप्टेम्बर (हि.स.)। जादवपुर विश्वविद्यालयको नाम बदलेर ‘ऋषि अरविन्द विश्वविद्यालय’ बनाउने माग जादवपुरकी भाजपा विधायक शर्वरी मुखर्जीले गरेकी छन्। उनले विश्वविद्यालयलाई लिएर आफ्नो चिन्ता व्यक्त गर्दै भनिन्, जुन आदर्श र उद्देश्य लिएर विश्वविद्यालय स्थापना गरिरएको थियो, आज त्यसको विपरीत गतिविधि अनि विचारहरूलाई लिएर लगातार प्रश्न उठिरहेको छ।
उनले भनिन्, जादवपुर विश्वविद्यालय बङ्गालको शिक्षा औ संस्कृतिको एक महत्वपूर्ण पहिचान हो, त्यसैले विश्वविद्यालयको गरिमा र त्यसका मूल उद्देश्यहरूको रक्षा गर्नुपर्छ। शर्वरी मुखर्जीले आरोप लगाइन्, विश्वविद्यालय परिसरलाई लिएर बेला-बेलामा राष्ट्रवाद र देश-विरोधी गतिविधिहरूसित सम्बन्धित विवाद सार्वजनिक हुँदै आएको छ। यस किसिमका गतिविधिहरूलाई कुनै पनि शिक्षण संस्थानमा स्वीकार गर्न सकिँदैैन।
भाजपा विधायकले भनिन्, विश्वविद्यालयको नाम परिवर्तन गरेर महान दार्शनिक, स्वतन्त्रता सेनानी औ राष्ट्रवादी विचारक ऋषि अरविन्दको नाममा राख्ने प्रस्ताव दिइँदैछ। यसबाट विश्वविद्यालयको पहिचान भारतीय संस्कृति, राष्ट्रवाद एवं उच्च शिक्षाका मूल्यहरूसित अझ गहिराईपूर्वक जोड़िन सकिनेछ।
उनले भनिन्, यस सम्बन्धमा राज्यपाल समक्ष ज्ञापन चढ़ाएर विश्वविद्यालयसित सम्बन्धित मुद्दाहरूलाई लिएर उचित कारबाही गर्ने माग गरिनेछ।उनले यो पनि भनिन्, आवश्यकता परे यस मामिललाई केन्द्र सरकार समक्ष पनि उठाइनेछ।
शर्वरी मुखर्जीले यो पनि भनिन्, उनले कुनै व्यक्ति विशेष वा विद्यार्थीहरूको विरोध गरेकी होइनन्, ती विचार तथा गतिविधिहरूको विरोध गरेकी हुन् जसलाई उनी देश तथा राष्ट्रवादका हितहरूको प्रतिकूल मान्दछन्। उनले भनिन्, देश र राष्ट्रको सम्मान विरोधी कुनै पनि प्रकारको गतिविधिको विरोध गरिनेछ।
भाजपा विधायकले भनिन्, विश्वविद्यालयको नाम परिवर्तन तथा अन्य मुद्दाहरूलाई लिएर लोकतान्त्रिक ढङ्गमा माग राखिनेछ। आवश्यकता परे राज्यपाल तथा केन्द्र सरकारलाई ज्ञापन सुम्पिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा