दस दिनपछि त्रिशूली-३ ‘ए’ जलविद्युत् परियोजनाको सुरुङबाट एक व्यक्ति जीवितै उद्धार
दस दिन बाद टनल से जीवित निकला गया व्यक्ति


काठमाडौं, 0४ सेप्टेम्बर (हि.स.)। नेपालमा २६ अगस्तमा आएको विनाशकारी बाढीका क्रममा त्रिशूली-३ ‘ए’ जलविद्युत् परियोजनाको सुरुङभित्र फसेका व्यक्तिमध्ये एक जनालाई आज दस दिनपछि जीवितै उद्धार गरिएको छ।

नेपाली सेनाका अनुसार, खोज तथा उद्धार अभियानका क्रममा आज बिहान सुरुङभित्रबाट कसैको आवाज सुनिएको संकेत प्राप्त भएको थियो। त्यसपछि सुरुङभित्र फसेका व्यक्तिहरूको खोजीलाई तीव्र पारियो।

खोज तथा उद्धार अभियानका क्रममा सुरुङभित्रबाट एक व्यक्तिलाई जीवितै बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ। सुरुङभित्र फसेका अन्य व्यक्तिहरूको खोजी तथा उद्धार अभियान जारी रहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande