न्यू फरक्कामा रेल लाइन मुनि माटो धस्कियो, केही ट्रेनहरू रद्द
न्यू फरक्कामा रेल लाइन मुनि माटो धस्कियो, केही ट्रेनहरू रद्द


मालदा, 4 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालको न्यू फरक्का स्टेशन निकट रेल लाइनको मुनि माटो धस्किएर रेल यातायात पूर्ण रूपले प्रभावित भएको छ। बितेको बिहीवार भएको यस घटनापछि रेल प्रशासनले तत्काल मरम्मत कार्य शुरू गरेको भए तापनि अप लाइनमा अहिले पनि ट्रेन परिचालन लगभग ठप्प नै छ। यात्रीहरूको सुरक्षालाई ध्यानमा राखेर शुक्रवार पनि केही लामो दूरत्वका ट्रेनहरूलाई रद्द गर्नुपऱ्यो।

शुक्रवार हावड़ा-न्यू जलपाईगुड़ी वन्दे भारत एक्सप्रेस, हावड़ा-बालुरघाट एक्सप्रेस, हावड़ा-राधिकापुर कुलिक एक्सप्रेस औ न्यू जलपाईगुड़ी-हावड़ा वन्दे भारत एक्सप्रेसलाई रद्द गरियो। केही ट्रेनहरूलाई वैकल्पिक मार्गबाट परिचालन गरिँदैछ। दिघा-मालदा टाउन एक्सप्रेसको यात्रालाई पनि सीमित बनाउँदै त्यसलाई रामपुरहाटमा रोकियो।

रेल प्रशासनद्वारा जारी सूचना अनुसार सियालदह-सबरूम कञ्चनजङ्घा एक्सप्रेस, सियालदह-हल्दीबाड़ी दार्जीलिङ मेल, सियालदह-मालदा टाउन गौड़ एक्सप्रेस, सियालदह-न्यू जलपाईगुड़ी पदातिक एक्सप्रेस, सियालदह-अलिपुरद्वार कञ्चनकन्या एक्सप्रेस तथा सियालदह-बालुरघाट एक्सप्रेस सहित केही ट्रेनहरूको परिचालन प्रभावित भएको छ। साहिबगञ्ज-मालदा टाउन मेमू ट्रेनलाई पनि रद्द गरिएको छ।

रेल सूत्र अनुसार हाल मुख्य मार्गमा ट्रेन परिचालन बन्दछ। यात्रीहरूको सुविधाको लागि उत्तरबङ्ग एक्सप्रेसलाई वैकल्पिक मार्गबाट परिचालन गरिँदैछ। यो ट्रेन बण्डेल-कटवा-आजिमगञ्ज भएर न्यू फरक्का पुग्नेछ।

रेल प्रशासनको भनाइ छ, क्षतिग्रस्त भागलाई पूर्ण रूपले सुरक्षित घोषित गरिएपछि मात्र सामान्य रूपमा ट्रेन परिचालन शुरू गरिनेछ। पूर्व रेलवेका मुख्य जनसम्पर्क अधिकारी शिवराम माझीले बताए, युद्धस्तरमा मरम्मत कार्य भइरहेको छ। यो महत्वपूर्ण रेल मार्ग भएको कारणले पूर्ण सुरक्षा सुनिश्चित भएपछि मात्र ट्रेन सेवा बहाल गरिनेछ।

रेल सूत्र मुताविक गत बुधवार राती लगभग अढ़ाई बजे न्यू फरक्का स्टेशनदेखि लगभग सय मीटरको दूरीमा बरहरवा तर्फ लगभग 20 मीटर भागमा रेल लाइन मुनिको माटो केही फुट धस्किएको थियो। राती रेल लाइनको निगरानी गरिरहेका कर्मचारीहरूले सबैभन्दा पहिला यसको जानकारी दिएका थिए। त्यसपछि रेल अधिकारीहरूले घटनास्थला पुगेर अप लाइनमा ट्रेन परिचालनलाई रोकिदिए।

मरम्मतको लागि झारखण्डबाट ढुङ्गाका टुक्राहरू तथा चूर्ण ढुङ्गा ल्याएर धस्किएको ठाउँमा लगाइँदैछ। यसै अवधि रेल लाइन संलग्न तलाउको किनार पनि धस्किएको छ जसले गर्दा नजिकैको बिजुलीको खम्बा एकातिर झुकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande