
हुगली, 04 सेप्टेम्बर (हि.स.)। रोगीहरूको सुरक्षा र स्वास्थ्य सम्बन्धी नियमहरूको उल्लङ्घन गरेको आऱोपमा हुगलीको धनेखालीस्थित मदनमोहनतला क्षेत्रको एक नर्सिङ्ग होमलाई स्वास्थ्य विभागले सील गरिदियो। आरोप छ, नर्सिङ्ग होममा क्लिनिकल एस्ट्याब्लिशमेन्ट एक्ट अन्तर्गत आवश्यक नियम तथा न्यूनतम बुनियादी सुविधाहरूको पालन गरिरहेको थिएन।
स्वास्थ्य विभाग अनुसार नर्सिंङ्ग होममा पर्याप्त बुनियादी ढाँचा, मेडिकल अफिसर, जीएनएम नर्सिङ्ग स्टाफ औ अग्निशमन व्यवस्था जस्ता आवश्यक सुविधाहरू उपलब्ध थिएन। विभागले यसअघि जुलाई महिनामा नर्सिङ्गहोम प्रबन्धनलाई यसलाई बन्द गर्ने निर्देश दिएको थियो। केही समयको लागि नर्सिङ्गहोम बन्द रह्यो, तर आरोप छ, केही दिनपछि पुनः रोगीहरूलाई भर्ती गर्न थालियो।
त्यसपछि फेरि सिकायत पाएर हुगलीका मुख्य स्वास्थ्य अधिकारी मृगाङ्क मौलिकको निर्देशमा धनेखालीका बीएमओएच र डिप्टी सीएमओएच त्रिदीप मुस्ताफी समेत स्वास्थ्य विभागका अधिकारीहरू कारबाही गर्नको लागि घटनास्थलमा पुगे।
गए बिहीवार राती लगभग 10 बजे स्वास्थ्य विभागको टीम धनेखाली थानाको पुलिसलाई लिएर नर्सिङ्ग होममा पुग्यो अनि त्यसलाई सील गरिदियो।
नर्सिङ्गहोमका सञ्चालक केनाराम देले कारबाहीको विरोध गरे। उनले भने, नर्सिङ्गहोममा केही बुनियादी सुविधाहरूको अभाव छ जसलाई उनी स्वीकार गर्दछन्। उनले दाबी गरे, रोगीहरूलाई सेवा दिनमा भइरहेको समस्याको समाधान गर्न नवीनीकरण गर्नको लागि तयारी गरिँदैथ्यो।
केनाराम देले स्वास्थ्य अधिकारीहरूमाथि व्यक्तिगत आक्रोशको कारणले नर्सिङ्गहोमलाई बन्दगरेको आऱोप लगाए। उनले यो पनि दाबी गरे, उनको नर्सिङ्गहोममा कुनै रोगीसित यस्तो घटना भएको छैन जसमा रोगीहरूको अवस्था बिग्रिएको होस् वा मृत्यु भएको होस्। उनले यस कारबाहीको विरोधमा कानूनी कदम उठाउने चेताउनी दिए।
डिप्टी सीएमओएच-1 ले भने, नर्सिङ्गहोममा स्वास्थ्य कानून अन्तर्गत निर्धारित नियमहरूको पालन गरिरहेको थिएन। विभागले कैयौं पटक नोटिस जारी गर्दा पनि नर्सिङ्ग होम प्रबन्धनले निर्देशहरूलाई पालन गरेन।
अधिकारी अनुसार नर्सिङ्गहोम प्रबन्धनलाई बन्द गर्ने सम्बन्धमा दुई पटक पत्र दिसकेको थियो। तथापि बन्द गरेन। त्यसैले मुख्य स्वास्थ्य अधिकारीको निर्देशमा बिहीवार नर्सिङ्गहोमलाई सील गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा