
नयाँ दिल्ली, ०४ सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार साझा गरिएको एक सुभाषितमार्फत भगवान श्रीकृष्णको वन्दना गरेका छन्।
प्रधानमन्त्री मोदीले संस्कृतको एक श्लोक एक्समा साझा गर्दै लेखेका छन्, 'वसुदेवसुतं देवं कंसचाणूरमर्दनम्। देवकीपरमानन्दं कृष्णं वन्दे जगद्गुरुम्॥'
यसको अर्थ हो, वसुदेवका पुत्र, देवस्वरूप, कंस र चाणूरको संहार गर्ने, माता देवकीलाई परम आनन्द प्रदान गर्ने तथा जगद्गुरु भगवान श्रीकृष्णलाई म वन्दना गर्दछु।
हिन्दुस्थान समाचार / भवानी थामी