कोल्ड स्टोरेजमा पुलिसको छापा, बँधुवा मजदुर सहित दुई नाबालिक श्रमिकको उद्धार
कोल्ड स्टोरेजमा पुलिसको छापा, बँधुवा मजदुर सहित दुई नाबालिक श्रमिकको उद्धार


अलिपुरद्वार, 04 सेप्टेम्बर (हि.स.)। जिल्लाको शालकुमार मोड़स्थित एक निजी कोल्ड स्टोरेजमा पुलिस र श्रम विभागको संयुक्त कारबाहीमा एकजना बँधुवा मजदुर सहित दुई जना नाबालिक श्रमिकहरूलाई उद्धार गरियो। गुप्त सूचनाको आधारमा गए बिहीवार अबेर राती सोनापुर चौकीको पुलिस, श्रम विभाग तथा चाइल्ड हेल्पलाइन यूनिटका प्रतिनिधिहरूले संयुक्त रूपमा कोल्ड स्टोरेजमा अभियान सञ्चालन गरे।

पुलिस अनुसार उद्धार गरिएका बँधुवा मजदुरको पहिचान कालीपद मण्डल (49)-को रूपमा भएको छ भने दुवै नाबलिक श्रमिकहरूको उमेर लगभग 16 वर्ष रहेको बताइएको छ। तीनै जना श्रमिकहरू दक्षिण 24 परगना जिल्लाको सुन्दरबन क्षेत्रका निवासी हुन्।

आरोप छ, यी श्रमिकहरूलाई काम दिलाउने लोभ देखाएर सुन्दरबनदेखि अलिपुरद्वारमा ल्याइएको थियो। त्यसपछि कथित रूपमा उनीहरूलाई लामो समयमसम्म कठिन कार्य गराइन्थ्यो। उनीहरूलाई न्यूनतम मजदुरीमा काम गर्नको लागि बाध्य बनाइन्थ्यो साथै उनीहरूको स्वतन्त्रतामाथि पनि रोक लगाएको थप आऱोप लगाइएको छ।

तथापि कोल्ड स्टोरेजका म्यानेजर सञ्जय घोषले शुक्रवार मजदुरहरूसित सम्बन्धित जिम्मेवारी सरदार अनि ठेकादारहरूको रहेको बताउँदै अघि भने, मजदुरहरूको मजदुरी र खानपानको व्यवस्था उनीहरूकै माध्यबाट गरिन्छ। उनले यो पनि स्वीकार गरे, नाबालिक श्रमिकहरूको उमेर सही ढङ्गमा जाँच नगर्नु प्रबन्धनको गल्ती थियो।

यता मजदूरहरूको सरदारले दाबी गरे, पारिवारिक समस्याको कारणले श्रमिकहरूलाई केही अग्रिम नगद राशि दिइन्थ्यो। उनले बलजफ्ती अतिरिक्त काम लगाएको आरोपलाई अस्वीकार गर्दै भने, दुवै नाबालिक आर्थिक बाध्यताको कारणले काम गर्न आएका थिए।

यद्यपि प्रशासनिक अधिकारीहरूले उक्त तर्कहरूलाई खारेज गरिदिए। सोनापुर चौकीका ओसी रतन बर्मनले बताए, घटनास्थलबाट एकजना बँधुवा मजदुर र दुई जना बाल श्रमिकहरूलाई सुरक्षित उद्धार गरिएको छ। दुवै नाबालिकहरूलाई चाइल्ड वेलफेयर कमिटी (सीडब्ल्यूसी) -को माध्यमबाट जलपाईगुड़ीको कोरक होममा पठाइएको छ।

सम्पूर्ण मामिलामा कोल्ड स्टोरेज प्रबन्धनविरूद्ध मामिला दर्ता गरिएको छ। अब पुलिसले यस सम्पूर्ण मामिलाको पछाड़ि सक्रिय कथित श्रमिक तस्करी वा बँधुवा मजदुरीको नेटवर्कको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande