
पूर्व मेदिनीपुर, 4 सेप्टेम्बर (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको महिषादलमा फुटबल लिनको लागि झीलमा पसेका 15 वर्षीयाई किशोर रोहन माइतीको शवलाई शुक्रवार बिहान उद्धार गरियो। गए बिहीवार अपरान्ह महिषादल राज मैदानको छेउमा अवस्थित झीलभित्र बल पसेको कारणले रोहन झीलभित्र पसेका थिए, तर तिनी पानीबाट बाहिर निक्लिन सकेनन्। राष्ट्रिय आपदा मोचन बलको टीमले रातभरि नै झीलमा खोजी अभियान सञ्चालन गऱ्यो।
शुक्रवार बिहान लगभग 9 बजे रोहनको शवलाई बाहिर निकालियो। चण्डीपुर निवासी रोहन माइती महिषादलको एपेक्स अकादमीमा अध्ययनरत थिए। स्थानीय सूत्र अनुसार मोहन बागान प्रशंसक क्लबको पहलमा महिषादलमा अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना गरिरहेको छ। प्रतियोगिताको तयारी अन्तर्गत बिहीवार विद्यार्थीहरूले अभ्यास गरिरहेका थिए। यसै क्रममा फुटबल मैदानको किनारमा अवस्थित झीलभित्र पस्यो। बल निकाल्नको लागि रोहन झीलभित्र बसे, तर गहिरो पानीमा तिनी डुबे।
घटनापछि स्थानीय मानिसहरूले तत्काल बचाउ अभियान शुरू गरे। माछा मार्ने जालको मद्दतले लगभग दुई घण्टासम्म झीलमा खोजियो, तर रोहनको सुइँको समेत पाइएन। त्यसपछि प्रशासनलाई सूचना दिइयो। जिल्ला आपदा मोचन दलले घटनास्थलमा पुगेर नौकाको माध्यमबाट खोजी अभियान शुरू गऱ्यो। पछि राष्ट्रिय आपदा मोचन ब लको टीम पनि अभियानमा जुट्यो। रातभरि झीलमा खोजी भइरह्यो।
शुक्रवार बिहान लगभग 9 बजे बचाउ दलले रोहनको शवलाई उद्धार गऱ्यो। शवलाई झीलबाट बाहिर निकाल्दा स्थानीय मानिसहरूको आँखा आँशुले रसायो। छोराको शवलाई देखेर परिवार धुजाधुजा भयो। भनिन्छ, रोहन घरको एकमात्र छोरा थिए। उसको मृत्युको खबरले परिवार सहित सहपाठीहरू अनि सम्पूर्ण क्षेत्रमा गहिरो शोकमा डुबेका छन्।
घटनापछि हल्दिया महकुमा पुलिस अधिकारी, महिषादल थानाका प्रभारी अधिकारी, खण्ड विकास अधिकारी सहित प्रशासनका केही अधिकारीहरू घटनास्थलमा आइपुगेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा