प्रशासनको निर्देशमा जलपाईगुड़ीका तृणमूल नेताको मिल सील
प्रशासनको निर्देशमा जलपाईगुड़ीका तृणमूल नेताको मिल सील


जलपाईगुड़ी, 04 सेप्टेम्बर (हि.स.)। दस्तावेजहरूमा कथित विसङ्गति पाइएपछि जलपाईगुड़ी शहरका तृणमूल कङ्ग्रेस नेता औ पूर्व तृणमूल पार्षद सुब्रत रायको तेल मिलमा प्रशासनले ताला लगाइदिएको छ।

भनिन्छ, मिलसित सम्बन्धित कागज-पत्रहरूको जाँच गर्दा प्रशासनले केही अनियमितताहरू रहेको पायो। त्यसपछि गत बुधवार नगरपालिका प्रशासक एवं सदर बिडिओ मोइम अहमदले तेल मिललाई बन्द राख्ने निर्देश दिएका थिए। निर्देशपछि गए बिहीवार अबेर राती पुलिस र प्रशासनका अधिकारीहरूले मिल परिसरमा पुगेर मिललाई बन्द गरिदिए। साथै मिलको मुख्य गेटमा ताला लगाएर त्यसमा सील गरिदिए।

यद्यपि सुब्रत रायको परिवारको दाबी छ, तेल मिलको लाइसेन्सको लागि पहिला नै आवेदन गरिसकिएको छ। परिवार अनुसार लाइसेन्स प्रक्रिया जारी रहेको कारणले प्रशासनले यो कारबाही गरेको हो। अर्कोतिर प्रशासनद्वारा बताइएको छ, दस्तावेजहरूमा पाइएका विसङ्गतिहरूको कारणले तेल मिललाई बन्द गर्ने निर्देश दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande