

प्रयागराज, 0४ सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्ला स्थित थरवई थाना क्षेत्रमा शुक्रवार बिहानै पुलिस र बदमाशबीच भिड़न्त भएको छ। पुलिसले गरेको जवाफी कारबाहीमा एक जना आरोपी गोली लागेर घाइते भएको छ। पुलिसले घटनास्थलबाट उसका एक जना साथीलाई पक्राउ गरेको छ। सोधपुछपछि लुटपाटको घटनामा संलग्न थप दुई जना आरोपीलाई पनि पक्राउ गरिएको छ। उनीहरूदेखि लुटिएको कार, एउटा पेस्तोल, कट्टा तथा चोरीको मोटरसाइकल लगायत अन्य समान जफत गरिएको छ। उक्त जानकारी पुलिस उपायुक्त गंगानगर कुलदीप सिंह गुनावतले शुक्रवार दिएका हुन्।
डीसीपी अनुसार, पुलिस भिड़न्तमा घाइते भएको आरोपीको पहिचान प्रतापगढ़को अञ्जनपुर गाउँ निवासी वसीमको छोरा साहिल खानको रूपमा भएको छ। गोली लागेपछि उसलाई उपचारका लागि अस्पताल भर्ती गरिएको छ। उसका साथी प्रयागराजको मऊआइमा निवासी फयाजुद्दिनका छोरा अब्दुल सत्तारलाई पनि पक्राउ गरिएको छ।
पुलिस उपायुक्तले सोधपुछका क्रममा प्राप्त जानकारीका आधारमा लुटपाटको घटनामा संलग्न सोरांव निवासी राजु पटेल र गोविन्द यादवलाई पनि पक्राउ गरिएको बताए। उनीहरूदेखि लुटपाटमा प्रयोग गरिएको तथा लुटिएको कार सहित अन्य समान जफत गरिएको छ।
डीसीपी कुलदीप सिंह गुनावत अनुसार, थरवई थाना क्षेत्रको हार्टमनगञ्जमा 01 सेप्टेम्बरमा एक कबाडी व्यवसायीसित लुटपाट भएको थियो। पुलिसले अनुसन्धान शुरु गरेपछि घटनामा कबाड़ी पसलमा काम गर्ने गोविन्द यादवको संलग्नता खुलेको थियो। पुलिस अनुसार, गोविन्दले नै लुटपाटको सम्पूर्ण योजना बनाएको थियो र आफ्ना साथीहरूसँग मिलेर घटनालाई परिणाम दिएको थियो।
पुलिस टोलीले भिड़न्त तथा सोधपुछपछि घटनामा संलग्न चारै जना आरोपीलाई पक्राउ गरेको छ। उनीहरूदेखि हतियारसँगै चोरीको मोटरसाइकल र लुटपाटसँग सम्बन्धित समान समेत जफत गरिएको छ।
पुलिस उपायुक्त गंगानगरले घटनाको सफलतापूर्वक खुलासा गरिएको जानकारी दिँदै सबै आरोपी विरुद्ध कानूनी कारबाही भइरहेको र उनीहरूलाई अदालतमा पेश गरी जेल पठाउने प्रक्रिया अघि बढ़ाइएको बताए।
हिन्दुस्थान समाचार / भवानी थामी