
कोलकाता, 4 सेप्टेम्बर (हि.स.)। बङ्गला फिल्म जगतका दिग्गज अभिनेता महानायक उत्तम कुमारको जन्म शताब्दीको अवसरमा गए बिहीवार कोलकातामा आयोजित विशेष ‘श्रद्धाञ्जली वक’ मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेृतृत्वमा सम्पन्न भयो। रवीन्द्र सदनबाट शुरू भएको यस यात्रामा बङ्गाली फिल्म जगतका वरिष्ठ एवं युवा कलाकारहरू, तकनिशियनहरू तथा फिल्म उद्योगसित सम्बन्धित प्रतिनिधिहरूले भाग लिए। सबैले महानायकको अमर धरोहर अनि बङ्गाली सिनेमामा नले पुऱ्याएको योगदानलाई स्मरण गर्दै उनलाई श्रद्धाञ्जली दिए।
यस अवसरमा मुख्यमन्त्रीले महानायक उत्तम कुमारको जीवन र फिल्मी यात्रामाथि आधारित विशेष प्रदर्शनीको पनि उद्गाटन गरे। पछि एकतारा मञ्चमा जन्म शताब्दी समारोह आयोजना गरियो जहाँ केक काटेर महानायकलाई स्मरण गरियो।
जन्म शताब्दीको अवसरमा कोलकातामा आयोजित कार्यक्रमहरू अन्तर्गत फिल्म प्रदर्शन, प्रदर्शनी औ उत्तम कुमारको जीवनसित जोड़िएका स्थानहरूको धरोहर यात्रा पनि आयोजना गरिँदैछ। राज्य सरकारले न्यू टाउनमा ‘उत्तम कुमार फिल्म सेन्टर’ स्थापना गर्ने पहल शुरू गरेको छ। यस अतिरिक्त महानायकको स्मृतिमा व्यापक सांस्कृतिक परिसर निर्माण गर्ने योजना पनि बनाइएको छ।
कार्यक्रममा बङ्गाली फिल्म जगतका केही प्रमुख हस्तिहरू उपस्थित थिए। महानायकको जन्म शताब्दीको अवसरमा कलाकार र फिल्मकर्मीहरूको सहभागिताले यस आयोजनलाई विशेष बनायो। उत्तम कुमारका फिल्महरू अनि उनको योगदानलाई नयाँ पिँढ़ीसम्म पुऱ्याउने उद्देश्यले धेरै वटा कार्यक्रमहरू आयोजना गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा