
नयाँ दिल्ली, 04 सेप्टेम्बर (हि.स.)। दिल्ली विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले शुक्रवार लोधी श्मशान घाटमा न्यायमूर्ति हरिश चन्द्र मिश्राको अन्तिम संस्कारमा सम्मिलित भएर उनलाई श्रद्धाञ्जली अर्पण गरे।
उनले भने, न्यायमूर्ति हरिश चन्द्र मिश्राको निधन दिल्लीको सार्वजनिक जीवन औ न्याय व्यवस्थाको लागि एक अपूरणीय क्षति हो। उनको विशिष्ट न्यायिक जीवन सत्यनिष्ठा, निष्पक्षता एवं न्यायप्रति अटुट प्रतिबद्धताले परिपूर्ण रह्यो। दिल्लीका लोकायुक्तको रूपमा उनको योगदानलाई सदैव गहिरो सम्मानको साथमा स्मरण गरिनेछ।
दिल्ली विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले दिवङ्गत आत्मालाई श्रद्धा़ञ्जली अर्पण गरे भने शोकाकुल परिवारसित भेट गरी यस दुःखको घड़ीमा आफ्नो गहिरो संवेदना एवं ऐक्यबद्धता व्यक्त गरे। उनले न्यायमूर्ति मिश्राको विशिष्ट न्यायिक सेवा अनि न्याय, सत्यनिष्ठा र सार्वजनिक जवाफदेहीको सिद्धान्तलाई कायम राख्नेप्रति उनको प्रतिबद्धतालाई स्मरण गरे।
विजेन्द्र गुप्ताले ईश्वरसित प्रार्थना गरे, दिवङ्गत आत्मालाई आफ्नो श्रीचरणमा स्थान प्रदान गरुन् तथा शोक सन्तप्त परिवारलाई यस अपूर्णीय क्षतिलाईसहन गर्ने शक्ति प्रदान गरुन्।
उल्लेखनीय छ, 27 मार्च, 1959-मा जन्मेका न्यायमूर्ति हरिश चन्द्र मिश्रा झारखण्ड उच्च न्यायालयका सेवानिवृत्त न्यायाधीश थिए। उनले उच्च न्यायालयका कार्यवाहक मुख्य न्यायाधीशको रूपमा पनि सेवा पुऱ्याएका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा