
कोलकाता, 04 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालमा महिला यात्रीहरूलाई सरकारी बसहरूमा नचढ़ाएको सिकायतहरू आइरहेकाले परिवहन विभागले कड़ा कदम उठाएको छ। परिवहन मन्त्री अर्जुन सिंहले बताए, सिकायतहरूको तत्काल समाधान गर्नको लागि नियन्त्रण कक्ष शुरू गरिएको छ। यो नियन्त्रण कक्ष राज्य परिवहन एकाईहरूको सञ्चालन अवधि सक्रिय रहनेछ।
विभागद्वारा शुक्रवार दिइएको जानकारी अनुसार महिला यात्रीहरूले सहायता नम्बरमा फोन गरेर आफ्नो सिकायत दर्ता गराउन सक्नेछन्। सिकायतको आधारमा सम्बन्धित बसका चालक र परिचालकविरूद्ध कारबाही गरिनेछ।
राज्य सरकारद्वारा सरकारी बसहरूमा महिलाहरूका लागि निःशुल्क यात्रा सुविधा लागू गरिएपछि केही बसहरू निर्धारित स्टोपेजमा नरिएको तथा महिला यात्रीहरूको सङ्ख्या अधिक भए बसलाई नरोकी अगाड़ि बढ़ाएको जस्ता सिकायतहरू आइरहेका थिए।
महिला यात्रीहरूका लागि जारी सहायता नम्बरहरूमा - दक्षिण बङ्गाल राज्य परिवहन निगमको 7699993930, कोलकाता ट्राम कम्पनीको 8697733391 र 8697733392, कोलकाता सरफेस परिवहन निगमको 033-22360461 र 033-22360463 तथा पश्चिम बङ्गाल सरफेस परिवहन निगमको 9432597098 सामेल छन्।
परिवहन मन्त्रीले बताए, राज्यमा 03 लाख 62 हजार 622 वाहनहरूमा लगभग 01 हजार 589 करोड़ रुपियाँको कर बाँकी छ। बाँकी कर असुल गर्नको लागि यस्ता वाहनहरूलाई चिन्हित गरी अभियान सञ्चालन गरिनेछ।
उनले अवैध रूपमा चलिरहेका टोटो र नाबालिकहरूद्वारा टोटो चलाइएको सिकायत पनि पाइरहेको उल्लेख गरे।
विभागको भनाइ छ, दुर्घटनाहरूमाथि रोक लगाउनको लागि अवैध टोटोलाई हटाउने अनि त्यसको सट्टामा ई-रिक्शा सञ्चालन गर्ने योजनामाथि काम भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा