शिक्षक दिवसमा केन्द्रिय शिक्षा राज्यमन्त्री डा. सुकान्त मजुमदारले देशभरका शिक्षकहरूलाई दिए शुभकामना
सुकांत मजूमदार फाइल फोटो


नयाँ दिल्ली, ०५ सेप्टेम्बर (हि.स.)। शिक्षक दिवसको अवसरमा केन्द्रिय शिक्षा राज्यमन्त्री तथा पश्चिम बंगालको बालुरघाटबाट लोकसभा सांसद डा. सुकान्त मजुमदारले देशभरका शिक्षकहरूलाई हार्दिक शुभकामना दिएका छन्। उनले शिक्षकहरूको समर्पण तथा विद्यार्थीहरूको भविष्य निर्माणमा उनीहरूले पुर्याएको योगदानको प्रशंसा गरेका छन्।

डा. सुकान्त मजुमदारले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै शिक्षकको प्रभाव कक्षा र पाठ्यपुस्तकमा मात्र सीमित नहुने बताएका छन्। शिक्षकहरूले बालबालिकामा जिज्ञासा विकास गर्ने, उनीहरूको आत्मविश्वास बढाउने तथा ज्ञान र जीवनमूल्यबाट सशक्त बनाउने काम गर्ने उनले बताए।

उनले शिक्षकहरूले नै युवा पुस्तालाई भविष्यका जिम्मेवार नागरिक तथा नेतृत्वकर्ता बन्नका लागि तयार गर्ने बताएका छन्। उनीहरूको योगदानले विद्यार्थीहरूको व्यक्तित्व निर्माण मात्र नभई देशको भविष्यको दिशासमेत तय हुने उनले बताए।

शिक्षा राज्यमन्त्रीले शिक्षकहरूको यस महत्वपूर्ण योगदानलाई रेखांकित गर्दै विकसित भारत@२०४७ को लक्ष्य हासिल गर्न शिक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। उनीहरूको मार्गदर्शन र समर्पणबाट देशको युवा शक्तिलाई ज्ञान, सीप तथा मूल्यबाट सशक्त बनाउन सकिने उनले बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande