उत्तराखण्डमा फिल्म ‘हनुमान अंश’ करमुक्त: धामी
मुख्यमंत्री पुष्कर सिंह धामी पत्नी गीता धामी के साथ नीम करौली बाबा के जीवन से प्रेरित फिल्म‘हनुमान अंश’देखते हुए।


देहरादून, ०५ सेप्टेम्बर (हि.स.)। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले बाबा नीब करौरी महाराजको आध्यात्मिक जीवन, भक्ति तथा सेवाको सन्देशमा आधारित फिल्म ‘हनुमान अंश’ लाई उत्तराखण्डमा करमुक्त गर्ने घोषणा गरेका छन्।

मुख्यमन्त्रीले फिल्मको विषयवस्तु तथा बाबा नीब करौरी महाराजको आध्यात्मिक योगदानको प्रशंसा गर्दै यस्ता फिल्महरूले उत्तराखण्डको आध्यात्मिक तथा सांस्कृतिक विरासतलाई देश-विदेशसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

उनले बाबा नीब करौरी महाराजको जीवनले मानवता, सेवा, भक्ति तथा आध्यात्मिक चेतनाको सन्देश दिने बताए। उनको जीवन तथा विचारमा आधारित फिल्मले नयाँ पुस्तालाई पनि भारतीय आध्यात्मिक परम्परा तथा सेवाभावसँग परिचित गराउने माध्यम बन्ने उनले बताए।

मुख्यमन्त्रीले उत्तराखण्डको पहिचान यसको समृद्ध आध्यात्मिक, सांस्कृतिक तथा धार्मिक विरासतबाट रहेको बताए। राज्य सरकार देवभूमिको यस विरासतलाई व्यापक स्तरमा प्रस्तुत गर्न सहयोग पुर्याउने यस्ता पहललाई प्रोत्साहन गर्न निरन्तर प्रयासरत रहेको उनले बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande