मन्त्री अग्निमित्रा पालले चित्रामा नेताजी सुभाष चन्द्र बोस सेवा केन्द्रको उद्घाटन गरिन्
मन्त्री अग्निमित्रा पालले चित्रामा नेताजी सुभाष चन्द्र बोस सेवा केन्द्रको उद्घाटन गरिन्


पश्चिम बर्दवान, 06 सेप्टेम्बर (हि. स.)। आसनसोलको चित्रा सिनेमा सामु आइतवार नेताजी सुभाष चन्द्र बोस सेवा केन्द्रको उद्घाटन गरियो। उद्घाटन समारोहमा पश्चिम बङ्गाल सरकारकी मन्त्री एवं स्थानीय विधायक अग्निमित्रा पालले भनिन्, यो केन्द्र कुनै राजनीतिक दलको होइन, सर्वसाधारण मानिसहरूको समस्या समाधान गर्नका लागि बनाइएको हो।

अग्निमित्रा पालले भनिन्, चित्रा सिनेमा सामु अवस्थित भएको कारणले यो स्थान जनसमुदायको लागि सहजै पहुँच योग्यको छ। यहां आउने मानिसहरूले आय प्रमाणपत्र, आवासीय प्रमाणपत्र, आधार कार्ड र प्यान कार्ड सहित विभिन्न प्रशासनिक कार्यहरूसित सम्बन्धित समस्याहरू राख्न सक्नेछन्।

उनले भनिन्, दस्तावेजहरूसित सम्बन्धित समस्या मात्र नभएर क्षेत्रमा व्याप्त पेयजल सङ्कट, सड़कको जीर्ण अवस्था, तलाउहरूको पुनर्संस्कार, सड़क किनारमा प्रकाशको व्यवस्था, स्कूलहरूमा शिक्षकहरूको अनुपस्थिति, स्वास्थ्य केन्द्रहरूको व्यवस्था अथवा अन्य कुनै पनि विभागसित सम्बन्धित समस्याहरूलाई पनि यस सेवा केन्द्रको माध्यमबाट सम्बन्धित अधिकारीहरूसम्म पुऱ्याउने प्रयास गरिनेछ।

आफ्नो सम्बोधनमा अग्निमित्रा पालले भनिन्, पार्टी कार्यकर्ता अनि नेताहरूले वर्षौंसम्म सङ्घर्ष गरेका छन् तथा अत्याचार सहेका छन्। उनीहरूको लामो सङ्घर्ष अनि आसनसोलका मानिसहरूको समर्थनले गर्दा आज सरकार बनिएको छ। उनले क्षेत्रका मानिसहरूलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै अझ भनिन्, सरकार र जनप्रतिनिधिहरूको प्राथमिकता राजनीतिक चर्चा चर्चा मात्र नभएर मूल रूपमा मानसिहरूको वास्तविक समस्याहरूको समाधान गर्नु हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande