गौतम कुमारले भागलपुर जिल्लामा बाढ़ीको स्थितिमाथि गम्भीर चिन्ता व्यक्त गरे
गौतम कुमारले भागलपुर जिल्लामा बाढ़ीको स्थितिमाथि गम्भीर चिन्ता व्यक्त गरे


भागलपुर, 06 सेप्टेम्बर (हि.स.)। बिहार जनसङ्घर्ष समितिका संयोजक गौतम कुमारलेभागलपुर जिल्लामागङ्गाकोभीषण कटाउ तथा बाढ़ीको स्थितिमाथि गम्भीर चिन्ता व्यक्त गर्दै सरकार, प्रसाशन अनि मिडियामाथि भेदभाव गरेको आरोप लगाएका छन्। उनले भने, खरिकखण्डकोराघोपुरमाकटाउकोस्थितिअत्यन्त गम्भीर छ। समिति राघोपुरका मानिसहरूको साथमा छ, त र बाढ़ी र कटाउको पीड़ा एउटा मात्र क्षेत्रमा सीमित छैन।

जिल्लाकोनाथनगर, सबौर, सुल्तानगञ्ज र इस्माइलपुर सहितअन्यकेही खण्डहरूमा हजारौं मानिसहरू यस आपदाको कारणले पूर्ण रूपले अस्त-व्यस्त भएका छन्। उनीहरूलाई सोध-खोज गर्ने कोही छैन।

गौतम कुमारले चर्को प्रश्न उठाउँदै भने, आज सरकार, प्रशासनर मिडियाकोसम्पूर्णध्यानराघोपुरमाथि मात्र केन्द्रित देखिँदैछ। यस्तो यसकारणले भइरहेको छ कि त्यहाँ बिहारका दुई जना क्याबिनेट मन्त्रीहरूको घर पानीमा डुबेको छ। उनले प्रश्न गरे, केबाढ़ीपीड़ितहरूकोपीड़ाकोमहत्व अबयसकुराबाट तय हुनेछ कि आपदाले कसको घर प्रभावित भएको छ? बाढ़ी कुनै पनि मन्त्रीको घरलाई हेरेर आउँदैन, त्यसैले राहत कार्य पनि मन्त्रीहरूको घरलाई हेरेर चलाउनु हुँदैन।

प्रशासनिक कार्यर इञ्जीनियरिङ्गको शैलीमाथि पनि प्रश्न उठाउँदै उनले भने, बाढ़ीको यस्तो विकराल स्थिति तथा गङ्गाको तीव्र धारा बगिरहेको अवस्थामा बोरामा माटो अनि बालुवा भरेर रोक्ने प्रयास गरिँदैछ। के विशेषज्ञ तथा इञ्जीनियरहरूलाई यो थाहा छैन कि तीव्र धारामा अस्थायी प्रयास कति प्रभावकारी साबित हुन्छ?यदि यो प्रयास टिकाउ भएन भने जनताको रगत-पसिनाको कमाईलाई पानीमा किन बगाइँदैछ? बिहार जनसङ्घर्ष समितिका

संयोजकले माग गरेका छन्, कटाउलाई रोक्ने नाममा देखावटी कार्यमा खर्च हुने पैसालाई सोझै बाढ़ी पीड़ितहरूलाई दिनको लागि उपयोग गरिनुपर्छ। यस राशिबाट पीड़ितहरूको लागि तत्काल राहत सामग्री, सुरक्षित पुनर्वास, भोजन,औषधि, नौकाहरूकोपर्याप्त व्यवस्था, शुद्ध पेयजलतथा उनीहरूकोआजीविकाकोसुरक्षा सुनिश्चित गरिनुपर्छ।

उनले बिहार सरकारर जिल्ला प्रशासनसित माग गरेका छन्, भागलपुरका सबै बाढ़ी एवं कटाउ प्रभावित क्षेत्रहरूको भेदभाव नगरी धरातलीय मूल्याङ्कन गरियोस अनि सबै पीड़ितहरूको लागि समान रूपमा तत्काल राहत, बचाउर पुनर्वासकोव्यापक व्यवस्था लागूगरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande