
लखनऊ, 06 सेप्टेम्बर (हि.स.)। बहुजन समाज पार्टी (बसपा) की राष्ट्रिय अध्यक्ष मायावतीले हापुड़ जिल्लामा भएको घटनाको निन्दा गरेकी छन्। उनले माग गरेकी छन्, सरकारले आरोपीहरूलाई कड़ा सजाय दिनका साथै पीड़ित परिवारलाई उचित क्षतिपूर्ति देओस्।
बसपा प्रमुख मायावतीले सोशल मीडिया एक्सको पोस्टमा लेखिन्, जिल्ला हापुड़कोथाना हापुर नगर अन्तर्गत दुई समुदायबीच भएको आपस्तको शत्रुता तथा झड़पमा घाइते दलित समाजका मानिसहरूमध्ये एकजनाको आज भएको मृत्यु अत्यन्त दुःखदायी छ। सरकारले आरोपीहरूलाई कानून अनुरूप सजाय दिनको साथै पीड़ित परिवारलाई पनि सहायता अवश्य गरोस् जुन उचित हुनेछ। यसै पनि आपस्तको शत्रुता हिंसामा परिणत हुनु अति-निन्दनीय एवं चिन्तनीय तथा यस्ता घटनाहरूलाई सराकरी हस्तक्षेप आदिबाट कुनै पनि स्थितिमा रोकिनुपर्छ ताकि विवाद सङ्घर्षसम्म नपुगोस्।
उल्लेखनीय छ, हापुड़ नगर थाना क्षेत्रस्थित ग्राम बदनौलीमा गत 4 सेप्टेम्बरको दिन दुई पक्षमाझ कुटाकुट भएको थियो जसमा तीन जना मानिसहरू घाइते भएका थिए जसमध्ये आइतवार एकजना व्यक्तिको मृत्यु भएको छ।
यस मामिलामा एएसपी विनीत भटनागरले भने, मामिलामा 6 जना मानिसहरूलाई पक्राउ गरिएको छ। यिनीहरूबाट घटनामा प्रयोग गरिएको बन्दुक पनि जफत गरिएको छ। दोषीहरूमाथि कारबाही गरिँदैछ। यदि कसैले यहाँ आएर कानून व्यवस्थालाई भङ्ग गर्ने प्रयास गर्छ भने सम्बन्धित व्यक्तिविरूद्ध कड़ा कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा