
गुवाहाटी, 06 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले विद्यार्थीहरूसित विनाशको सट्टा सृजनामाथि ध्यान केन्द्रित गर्ने तथा शिक्षाको माध्यमबाट राष्ट्र निर्माणमा योगदान दिने आह्वान गरे।
मुख्यमन्त्रीले आइतवार गुवाहाटीको श्रीमन्त शङ्करदेव कला क्षेत्रस्थित गीता नगर कलेजको स्वर्ण जयन्ती समारोहमा भने, विद्यार्थीहरूले राष्ट्रको सम्पत्ति नष्ट गर्नको सट्टा त्यसको निर्माण र संरक्षण कसरी गर्न सकिन्छ भन्नेमाथि ध्यान दिनुपर्छ। उनले भने, विद्यार्थीहरूले विनाशको स्थानमा सृजनाको आनन्दलाई अप्नाउनुपर्छ।
मुख्यमन्त्रीले भने, शिक्षा प्राप्त गर्नु मात्र पर्याप्त होइन। विद्यार्थीहरूले सुन्दर चरित्र निर्माण गर्नका साथै राष्ट्र निर्माणको भावना पनि विकसित गर्नुपर्छ।
यस अवसरमा उपराष्ट्रपति सीपी राधाकृष्णन पनि उपस्थित थिए। मुख्यमन्त्रीले असमको पहिलो यात्रामा आइपुगेका उपराष्ट्रपतिलाई स्वागत गर्दै भने, उनको ज्ञान र अनुभवले सबैलाई प्रेरित गर्नेछ।
मुख्यमन्त्रीले भने, वर्ष 1977-मा महिला शिक्षा र सशक्तिकरणको उद्देश्यले शुरू भएको गीता नगर कलेज जसलाई पहिलो गीता नगर गर्ल्स कलेजको नामले चिनिन्थ्यो,- ले उच्च शिक्षाको क्षेत्रमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ।
समारोहमा पीएम-उषा अन्तर्गत नवनिर्मित शैक्षणिक भवन विद्यार्थीहरूलाई समर्पित गरियो। साथै कलेजमा वाणिज्य शिक्षा शुरू गर्नको लागि राज्य सरकारको पक्षबाट तीन करोड़ रुपियाँको वित्तीय सहायता दिने दिशामा कदम उठाउने घोषणा गरियो।
मुख्यमन्त्रीले युवाहरूलाई कौशल, उद्यमिता, नवाचार तथा विज्ञान एवं प्रौद्योगिकीको ज्ञान हासिल गरी ‘आत्मनिर्भर भारत’ तथा ‘आत्मनिर्भर असम’-को निर्माणमा महत्वपूर्ण भूमिका निभाउने आह्वान गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा