
नयाँ दिल्ली, 06 सेप्टेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आइतवार शालिमार बाग विधानसभामा केही महत्वपूर्ण विकास परियोजनाहरूको उद्घाटन एवं निर्माण कार्यहरूको शुभारम्भ गरिन्। यी परियोजनाहरूबाट क्षेत्रमा स्वच्छता व्यवस्था, पार्कहरूको सौन्दर्यीकरण एवं सड़क कनेक्टिभिटी थप मजबुत हुनेछ।
शिक्षाको क्षेत्रमा महत्वपूर्ण कदम उठाउँदै मुख्यमन्त्रीले शालिमार बागस्थित बीबी-ब्लकको स्कूल भवनको निर्माण कार्यको उद्घाटन गरिन्। यसबाट क्षेत्रका विद्यार्थीहरूलाई प्राप्त हुने उच्च शैक्षिक सुविधाहरूको विकासले गति पाउनेछ। विद्युत व्यवस्थालाई अधिक सुरक्षित औ सुव्यवस्थित बनाउनको लागि एएफ-ब्लकमा खुल्ला ओभरहेड कन्डक्टरलाई अण्डरग्राउण्ड केबलमा परिणत गर्ने कार्यको शुभारम्भ गरियो। यस अतिरिक्त मुख्यमन्त्रीले शालिमार बागको सीएण्डडी ब्लकको मेन रोडमा खुल्ला ओभरहेट कण्डक्टरलाई अण्डरग्राउण्ड केबलमा परिवत गर्नेकार्यक पनिशुभारम्भ गरिन्। यसबाट क्षेत्रको विद्युत व्यवस्थालाई अधिक सुरक्षित र व्यवस्थित बनाउनमा सहयोग मिल्नेछ।
मुख्यमन्त्रीले पितमपुरास्थित श्री गुरु गोविन्द सिंह कलेजदेखि रिङ्ग रोडसम्म नयाँ सड़कको निर्माण कार्यको शुभारम्भ गरिन्। लगभग 2.84 करोड़ रुपियाँको लागतमा निर्माण हुने यो सड़कले क्षेत्रको कनेक्टिभिटीलाई विकसित गर्नको साथै नगारिकहरूको आवागमनलाई अधिक सुविधाजनक बनाउनेछ। उनले हैदरपुरको नेहरू क्याम्पमा नवनिर्मित टयलेट ब्लकको उद्घाटन गर्नको साथै पितमपुराको एसपी-टीपी ब्लकमा आधुनिक कम्प्याक्टरको पनि उद्घाटन गरिन्। आधुनिक फोहोर प्रबन्धन व्यवस्थालाई मजबुत बनाउने दिशामा यो पहल सहाक साबित हुनेछ।
मुख्यमन्त्रीले वाईपी ब्लकका तीन वटा र डब्ल्यू पी ब्लकका 10 वटा पार्कहरूमा हुन गइरहेको सौन्दर्यीकरण तथा विकास कार्यहरूको पनि उद्घाटन गरिन्। यी कार्यहरूको माध्यमबाट स्थानीय मानिसहरूलाई श्रेष्ठ, स्वच्छ एवं सुन्दर हरित क्षेत्र उपलब्ध गराउनमा बल दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा