मुख्यमन्त्री शुभेन्दु अधिकारीले धीरेन्द्र शास्त्रीसित गरे भेट
मुख्यमन्त्री शुभेन्दु अधिकारीले धीरेन्द्र शास्त्रीसित गरे भेट


कोलकाता, 06 सेप्टेम्बर (हि.स.)। बागेश्वर धाम पीठाधीश्वर पण्डित धीरेन्द्र कृष्ण शास्त्री अहिलेघरि पश्चिम बङ्गालको भ्रमणमा आएका छन्। गए शनिवार उनले पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीसित भेट गरे। यो भेट कोलकातास्थित मुख्यमन्त्रीको आवासमा सम्पन्न भयो जहाँ मुख्यमन्त्रीको पक्षबाट उनको सम्मानमा रात्रिभोज आयोजना गरिएको थियो।

यस भेटमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले पण्डित धीरेन्द्र कृष्ण शास्त्रीलाई स्वागत गरे अनि उनीसित विभिन्न विषयहरूमा बातचित गरे। धीरेन्द्र कृष्ण शास्त्रीको पश्चिम बङ्गाल भ्रमण र मुख्यमन्त्रीसित उनको भेटलाई राजनीतिक एवं धार्मिक दुवै दृष्टिकोणले महत्वपूर्ण मानिँदैछ।

यसअघि हावड़ामा आयोजित हनुमंत कथामा पनि मुख्यमन्त्री अधिकारी शास्त्रीजीको कार्यक्रममा सामेल भएका थिए। मञ्चबाट मुख्यमन्त्रीले उनलाई पश्चिम बङ्गालमा सामाजिक सद्भाव औ धार्मिक चेतनालाई प्रोत्साहन गर्नको लागि मार्गदर्शन गरिदिने आग्रह गरेका थिए।

भेटमा पश्चिम बङ्गालमा बागेश्वर धामसित सम्बन्धित कुनै केन्द्रलाई लिएर चर्चा भएको थाहा लागेको छ। मुख्यमन्त्री अधिकारीको पक्षबाट भनिएको छ, बङ्गालमा पनि बागेश्वर धामको एउटा केन्द्र हुनुपर्छ।

यता हावड़ाको कार्यक्रममा मुख्यमन्त्रीले पण्डित धीरेन्द्र कृष्ण शास्त्रीलाई बङ्गालमा सामाजिक एवं धार्मिक चेतनालाई मजबुत बनाउनको लागि मार्गदर्शन गर्ने अपील गरेका थिए। यसबाट यो भेटघाट शिष्टाचार भेटसम्म मात्र सीमित नरहने चर्चाले थप बल पाएको छ।

समग्रमा भन्नुपर्दा बागेश्वर धाम सरकार र मुख्यमन्त्री शुभेन्दु अधिकारीको यो भेट पश्चिम बङ्गालमा धार्मिक-सामाजिक गतिविधिहरूको दृष्टिकोणले चर्चाको विषय बन्न पुगेको छ। मुख्यमन्त्री आवासमा रात्रिभोज र दुईमाझ भएको बातचितले यस भेटलाई अझ विशेष बनाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande