मुख्यमन्त्रीले पीएम श्री सर टाशी नामग्याल वरिष्ठ माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग भेट गरे
मुख्यमन्त्री र विद्यार्थीहरू


गान्तोक, 06 सेप्टेम्बर हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान आफ्नो सरकारी निवासमा प्रशिक्षक फ्रान्सिस गुरुङ र प्रबन्धक प्रेम छेत्रीको नेतृत्वमा आएका पीएम श्री सर टाशी नामग्याल वरिष्ठ माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग भेटघाट गरे। युवा फुटबल खेलाडीहरू प्रतिष्ठित सुब्रतो अन्तरराष्ट्रिय कप (यू-१७) मा सहभागी हुन नयाँ दिल्ली प्रस्थान गरिरहेको मुख्यमन्त्रीले सामाजिक सञ्जालमा जानकारी गराएका छन्।

उनले भेटका क्रममा सम्पूर्ण टोलीलाई शुभकामना दिँदै आत्मविश्वास, अनुशासन र दृढ़ संकल्पका साथ उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गरे। उनले राष्ट्रिय स्तरको प्रतियोगितामा उनीहरूको सहभागिता सिक्किमका लागि गौरवको विषय रहेको बताउँदै विद्यार्थीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै राज्यको नाम अझ उचाइमा पुर्‍याउनेछन् भनी विश्वास व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले प्रतियोगिताका लागि सम्पूर्ण टोलीलाई सफलताको हार्दिक शुभकामना दिँदै उनीहरूको यात्रा अविस्मरणीय र उपलब्धिमूलक रहोस् भन्ने कामना गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande