
गुवाहाटी, 06 सेप्टेम्बर (हि.स.)। महानगरको सोनापुर टोलगेटको छेउमा आबकारी विभागले ठूलो कारबाही गर्दै भारी मात्रामा मदिरा जफत गरेको छ। गुप्त सूचनाको आधारमा आबकारी अधिकारी प्रितम पुरकायस्थको नेतृत्वमा अभियान सञ्चालन गरियो।
आबकारी विभागको सूत्रले आज बतायो, कारबाहीमा मेघालयबाट अवैध रूपमा मदिरा लिएर आइरहेको एएस01 डीडी3677 नम्बरधारी एउटा ट्रकलाई समातियो। जाँच गर्दा ट्रकबाट 800 कार्टुन बीयर जफत गरियो।
आबकारी विभागले मामिलामा दुई जना मानिसहरूलाई हिरासतमा लिएको छ। अधिकारीहरूद्वारा सम्पूर्ण मामिलाको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा