मालदामा प्रेम प्रसङ्गमा गृहणीको हत्या, देवर पक्राउ
मालदामा प्रेम प्रसङ्गमा गृहणीको हत्या, देवर पक्राउ


मालदा, 06 सेप्टेम्बर (हि. स.)। जिल्लाको हरिश्चन्द्रपुर थाना अन्तर्गत रामनगर बैसा क्षेत्रमा कथित प्रेम प्रसङ्गमा एकजना गृहणीको हत्या गरेको आरोप देवरमाथि लागेको छ। मृतकाको नाम अमृता उराँव (27) रहेको बताइएको छ भने पक्रा पर्ने आरोपीको नाम पञ्चु उराँव मृतकाको देवर हो। गए शनिवार राति भएको यस घटनापछि क्षेत्रमा तनाउ व्याप्त भएको छ। पुलिसले तत्काल कारबाही गरी आरोपीलाई पक्राउ गरेको छ।

पुलिस सूत्र अनुसार घटना घट्दा अमृता घरमा खाना बनाउनमा व्यस्त थिई। उसको पति नन्दलाल उराँव घरमा थिएन। उनीहरूका दुई जना नाबालिक नानीहरू पनि घर बाहिर खेलिरहेका थिए।

आरोप छ, यसै अवधि पञ्चु उराँवले अचानक पछाड़िबाट बञ्चरोले अमृतामाथि हमला गऱ्यो। गलामा गम्भीर चोट लागेर अमृता घटनास्थलमै मुर्छित परी। उ चिच्याएको सुनेर छर-छिमेकका मानिसहरू घटनास्थलमा पुगे जहाँ उनीहरूले उसलाई गम्भीर अवस्थामा पाए।त्यसपछि पुलिसलाई सूचित गरियो। सूचना पाएर चाँचलका एसडीपीओ सोमनाथ साहा र हरिश्चन्द्रपुर थानाका आईसी सुमित कुमार घोषको नेतृत्वमा ठूलो सङ्ख्यामा पुलिस बस घटनास्थलमा पुग्यो। सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरेर पुलिसले खोजी अभियान सञ्चालन गऱ्यो अनि आरोपी पञ्चुलाई पक्राउ गऱ्यो।

परिवारका सदस्यहरू तथा स्थानीय मानिसहरूले आरोप लगाए, अमृता र उसको देवर पञ्चुमाझ घनिष्ठ सम्बन्ध थियो। हिजोआज उनीहरूको सम्बन्धमा तनाउ उत्पन्न भएको थियो। किनभने अमृता आरोपीदेखि टाँड़िँदै थिई।

पुलिसको प्रारम्भिक जाँचमा यो पनि आशङ्का व्यक्त गरिएको छ, अमृताको परपुरूषसित सम्बन्ध रहेको शङ्का लागेर आरोपीले यसरी हमला गरेको हुनसक्छ।

तथापि हत्याको वास्तविक कारण अहिलेसम्म स्पष्ट रूपमा थाहा लाग्न सकेको छैन। पुलिसले आरोपीसित जाँचबुझ गरी घटना पछाड़िको कारण जान्ने प्रयास गरिरहेको छ। अमृताको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande