मिरिकमा अल कन्ट्राक्चुवल इम्प्लोइज एसोसिएसनको तेस्रो अधिवेशन सम्पन्न
Contractual employees meeting


मिरिक, 06 सेप्टेम्बर (हि.स.)। अल कन्ट्राक्चुअल इम्प्लोइज एसोसिएसनको तेस्रो अधिवेशन आज मिरिकको गोपाल योञ्जन प्रेक्षागृहमा सम्पन्न भयो। अधिवेशनमा एसोसिएसनका केन्द्रिय प्रतिनिधिहरु र सदस्यहरुको उपस्थिति रहेको थियो।

अधिवेशन अवधि कन्ट्राक्चुअल कर्मचारीहरुले भोग्न परिरहेका विभिन्न समस्याहरुमाथि हालको राज्य सरकार अनि सांसद राजु विष्टले उठाइरहेका पदक्षेपबारे चर्चा गरियो।

एसोसिएसनका अध्यक्ष सञ्जित तामाङले कर्मचारीहरुको हितमा सांसद राजु विष्टले गरिरहेका कार्यमाथि प्रकाश पार्दै आफुहरु आशावादी रहेको बताए।

अधिवेशनपछि पत्रकारहरुसित कुराकानी गर्दै एसोसिएसनका उपाध्यक्ष उदिप राईले यसपल्ट आफ्नो माग पूर्ण हुने तथा समान कार्य समान वेतनको नीति लागू हुने आशा व्यक्त गरे। विगतको सरकारलेभन्दा हालको सरकारले कर्मचारीहरुको वेतनसित सम्बन्धित समस्यालाई तत्काल समाधान गरेको भन्दै यसपल्ट आफ्नो मागहरु पूरा हुने निश्चित रहेको उनले बताए।

उनले विगतको सरकारमा पाउनु पर्ने वेतन धेरै महिनासम्म थाँतीमा रहने गरेको तितो सत्यको उल्लेख गर्दै यसपल्ट सांसद राजु विष्ट अनि राज्य सरकारका कारण वेतन समयमा नै भुक्तान भएको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande